अब ७ सय ५३ स्थानीय तहमा 'हेल्थ प्रमोटिङ अस्पताल'


Download our app to get more features
Birat Hospital

काठमाण्डौं, २ असोज । सरकारको नीति तथा कार्यक्रममा प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल खोल्ने उल्लेख गरेपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फरक र नयाँ योजना अगाडी ल्याएको छ ।

वेडका आधारमा दिएको सेवा गुणस्तरीय नहुने भन्दै मन्त्रालयले अन्तर्राष्ट्रिय स्तरको सेवा दिने दावी गर्दै नयाँ योजना अगाडी सारेको हो ।

vayoda

अस्पतालमा उपकरण हुँदैमा सेवा गुणस्तरीय हुँदैन, मन्त्रालयका नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले भने, अब ठुला अस्पतालभन्दा पनि प्राईमरी हस्पिटलको सेवा बढाउनु पर्छ । उनले १ देखी २ सय शैयाका अस्पताल खोल्न पनि रोक लगाउनुपर्ने बताए ।

देशभर रहेका १ सय ८० सरकारी अस्पताल व्यवस्थापन गर्न नसकेका बेला ७५३ वटा अस्पताल कसरी व्यवस्थापन गर्न सकिन्छ भन्दै उनले प्रश्न गरे । स्वास्थ्य संस्थामा न्यूनतम सेवा कस्तो हुने भन्ने विषयमा निमार्ण हुन लागेको निर्देशिका विषयमा आयोजित छलफल कार्यक्रममा सहभागीहरुले यस विषयमा धारणा राखेका हुन ।

नेपालमा अब हेल्थ प्रमोटिङ अस्पताल

देशभरी उपचार गर्ने अस्पतालहरु संचालनमा रहेका छन् । सरकारले पनि सोही अस्पतालहरुलाई प्राथमिकता दिँदै आएको छ । तर, अब यस्ता अस्पताल संचालन गर्ने हैन, श्रेष्ठले भने, ७ सय ५३ पालीकामा बन्ने अस्पतालहरु रोग नलागोस् भन्ने उदेश्यको हुनु पर्छ ।

बिरामी हैन निरोगी मानिसले स्वास्थ्य अवस्थाबारे जानकारी लिन जाने अस्पतालका रुपमा यसलाई बिकास गर्ने गर्ने श्रेष्ठले बताए । सन् १९९८ मा पहिलो पटक युरोपबाट हेल्थ प्रमोटिङ अस्पतालको सुरुवात भएको हो । स्वास्थ्य मानिस स्वस्थ हुनुपर्छ भन्ने हेल्थ प्रमोटिङ अस्पतालको उदेश्य भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

Last modified on 2018-09-18 13:42:14

bnc samyog_advertisement bathrog

Leave a Comment

Spark_health_home NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

BlueCross_Dec12 Related Posts norvic_hospital