परिवार नियोजनको साधन प्रयोगदर जम्मा ५० प्रतिशत, प्रदेश ४ मा सबैभन्दा कम प्रयोग



Download our app to get more features

 
काठमाण्डौ, २ असोज । नेपालमा परिवार नियोजनका साधनको प्रयोगदर ५० प्रतिशतको हाराहारीमा मात्र रहेको एक तथ्याङ्कले देखाएको छ । 

पाँचौँ  परिवार नियोजन दिवसका अवसरमा परिवार स्वास्थ्य महाशाखाले मंगलबार काठमाडौमा अन्तक्र्रियाको कार्यक्रम गर्दे परिवार नियोजनका बारेमा ९० प्रतिशतभन्दा माथिलाई जानकारी भएपनि प्रयोगदर भने ५० प्रतिशतको हाराहारीमा मात्र रहेको जनाएको हो ।

महाशाखाले प्रदेश नं ३ मा सबैभन्दा बढी र प्रदेश नं ४ मा सबैभन्दा कम परिवार नियोजनका साधन महिलाले प्रयोग गर्ने गरेको तथ्याङ्क प्रस्तुत गरेको छ । ती प्रदेशमा क्रमशः ४९ दशमलव २ र ३७ दशमलव ३ प्रतिशत प्रयोगदर रहेको छ । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कामुतथ्याङ्कलले परिवार नियोजन सेवा मौलिक अधिकार सेवाभित्र रहेकाले प्रजनन अधिकारसम्बन्धी ऐन कार्यान्वयनको तयारीमा रहेको जानकारी दिए । 

अब खोप, अत्यावश्यक औषधि सेवाजस्तै परिवार नियोजन सेवाको पहुँच सबैमा पु¥याउन सरकारले प्राथमिकतामा राख्ने भन्दै उनले हरेक विद्यालयमा नर्स राख्ने तयारीमा सरकार रहेको जानकारी पनि दिए ।

त्यस्तै परिवार कल्याण महाशाखाका निर्देश डाक्टर आरपी विच्छाले विशेष गरी किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्यका कार्यक्रममा जोड दिएको बताए । ‘किशोरकिशोरी सहभागिता ः परिवार नियोजन सेवाको सुनिश्चितता’ नाराका साथ यस वर्ष विभिन्न कार्यक्रम आयोजना गरी परिवार नियोजन दिवस मनाइँदै छ ।
 

Last modified on 2018-09-19 09:08:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts