एभरेष्ट बैंकका सेवाग्राहीलाई स्टार हस्पिटलमा १५ प्रतिशतसम्म छुट



Download our app to get more features

काठमाडौं, ५ असोज । ललितपुर स्थित स्टार हस्पिटलले एभरेष्ट बैंकका सेवाग्राहीलाई उपचारको क्रममा १५ प्रतिशतसम्म छुट दिने भएको छ ।

हस्पिटल र एभरेष्ट बैँक लिमिटेडबीच सेवाग्राहीलाई छुट दिने विषयमा आज सम्झौता भएको हो । सम्झौता पत्रमा स्टार हस्पिटलको तर्पmबाट अस्पतालका सिओओ डा. सन्देश जिसी तथा एभरेष्ट बैँकका तर्फबाट बैँकको मार्केटिङ्ग विभाग प्रमुख पुष्पराज उप्रेतीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार स्टार हस्पिटलले एभरेष्ट बैँकका ग्राहक र ग्राहकका परिवारका सदस्यहरूलाई उपचार खर्चमा १५ प्रतिशतसम्म छुट प्रदान गर्नेछ । छुट सुविधा प्राप्त गर्न सेवाग्राहीले बैँकको प्रिभिलेज कार्ड, डेबिट कार्ड वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनु पर्नेछ । साथै अस्पतालले नजिकिदँै गरेको चाडपर्वलाई लक्षित गरी ‘सुख, शान्ति, समृद्धी तथा सु–स्वास्थ्यको बहार, स्टारले ल्यायो हेल्थ प्याकेजमा छुटै छुटकोे उपहार’ भन्ने नाराका साथ आकर्षक छुटमा ‘स्टार फेस्टिभ अफर–हेल्थ प्याकेज’ संचालन गरिरहेकोे अस्पतालका व्यवस्थापक हरि ढकालले बताए ।


 

Last modified on 2018-09-21 16:03:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts