डा. केसीसँगको सहमति अनुसार नै चिकित्सा विधेयक पारित हुन्छ : शिक्षामन्त्री



Download our app to get more features

काठमाडौं, ११ असोज ।  वर्षे अधिवेशनबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास नहुने पक्कापक्की भए पनि  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग भएको सहमति अनुसार नै विधेयक पारित हुने बताएका छन् । शिक्षा समितिद्वारा आज आयोजित बैठकमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । आजै राती १२ बजेबाट वर्षे अघिवेशन सकिदै छ ।  

उनले विगतमा गरिएका सहमति अनुसार नै विधेयक अघि बढेको दावी गर्दै सो विधेयक पारित गर्न ढिलाई नगर्न पनि समिति समक्ष आग्रह गरेका छन् । आगामी शैक्षिक सत्रदेखि ऐनको रुपमा लागू गराउने सो विधेयक पारित गर्न अब संघीय संसदले पनि ढिलाई गर्न नहुने मन्त्री पोखरेलको भनाई छ ।

बैठकमा समितिका सदस्यहरुले सो विधेयक वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति अनुसार नै संघीय संसदले पारित गर्ने विश्वास व्यक्त गरेका थिए ।

Last modified on 2018-09-28 07:12:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts