सिरहामा क्यान्सर अस्पताल निर्माण गर्न अध्ययन समिति गठन



Download our app to get more features

काठमाडौं, ११ असोज । प्रदेश २ को सिरहामा क्यान्सर अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयले आज अध्ययन समिति गठन गरेको छ ।

उपप्रधानमन्त्री स्तरीय बैठकले समितिको संयोजकमा स्वास्थ्य मन्त्रालयका उपसचिव लिलाराज पौडेल, भक्तपुर क्यान्सर अस्पतालका हेमाटोलोजिष्ट डा. अजयकुमार झालाई सदस्य र बिपि कोइराला मेमोरियल क्इान्सर अस्पतालका कानून अधिकृत गोकर्ण सापकोटालाई सदस्यका रुपमा मनोनयन गरेको छ ।  

प्रदेश २ मा क्यान्सर रोगको विशिष्टिकृत उपचार गर्ने कुनै पनि अस्पताल नभएको अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल, प्रदेश सरकार तथा स्थानीय तहरुको समन्वयमा क्यान्सर अस्पताल निर्माण गर्न लागेको हो ।

Last modified on 2018-09-28 10:12:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts