बैंक अफ काठमाण्डूका ग्राहकलाई स्टार हस्पिटलमा १५ प्रतिशत छुट



Download our app to get more features

काठमाडौं,  १५ असोज । ललितपुर सानेपास्थित स्टार हस्पिटलले बैँक अफ काठमाण्डू लि.का ग्राहकलाई उपचार सेवा १५ प्रतिशत सम्मछुट दिने भएको छ । बंैक र हस्पिटलबीच आज भएको सहकार्यको सम्झौतामा यस्तो छुटको व्यवस्था भएको हो । सम्झौतामा स्टार हस्पिटलको तर्पmबाट अस्पतालका सिओओ डा. सन्देश जिसी र  बैँक अफ काठमाण्डूका तर्फबाट बैँकको रिसर्च प्रोडक्ट डेभलोप्मेन्ट तथा मार्केटिङ्ग विभाग प्रमुख रितेश लामिछानेले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार स्टार हस्पिटलले बैँक अफ काठमाण्डूका ग्राहकहरुलाई उपचार खर्चमा १५% सम्म छुट प्रदान गर्नेछ । छुट सुविधा प्राप्त गर्न सेवाग्राहीले बैँकको प्रिभिलेज कार्ड, डेबिट कार्ड वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनुपर्नेछ । 

साथै यहि १५ असोजबाट लागू हुने गरी अस्पतालले ‘सुख, शान्ति, समृद्धि तथा सु–स्वास्थ्यको बहार, स्टारले ल्यायो हेल्थ प्याकेजमा छुटै छुटकोे उपहार’ भन्ने नाराका साथ ‘स्टार फेस्टिभ अफर–हेल्थ प्याकेज’ संचालन गरेको अस्पतालका व्यवस्थापक हरि ढकालले बताए । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts