मानसिक स्वास्थ्य दिवस मनाइयो, हाम्रो डक्टर न्यूज सम्मानित

२० प्रतिशत युवामा मानसिक स्वास्थ्य समस्या



Download our app to get more features

काठमाडौं, २३ असोज । मानसिक स्वास्थ्य एवं मनोविज्ञानसँग सम्बन्धित सामाग्री प्रकाशन प्रशारण गरी मनोसामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै ‘हाम्रो डक्टर न्युज’लाई सम्मान गरिएको छ । 

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले सम्मान गरेका हुन् । सो कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान र प्रथम पाइलाले संयुक्त रुपमा आयोजना गरेको हो । कार्यक्रममा सम्मानित हुनेहरुमा बरिष्ठ मनोरोग विशेषज्ञ प्राडा देशराजबहादुर कुँवर, गोरखापत्र दैनिकका पत्रकार सरोज ढुंगेल, नेपाली हेल्थ डटकम, रेडियो अन्नपूर्ण नेपाल, एभिन्यूज टिभि लगायत सञ्चार माध्यमलाई सम्मान गरियो । 

राज्यमन्त्री डा. यादवले मानसिक स्वास्थ्यको क्षेत्रमा सरकारले बलियो भूमिका खेल्न नसकेका बेलामा स्वास्थ्य सम्बन्धी सञ्चारमाध्यमले खेलेको भूमिका प्रशंसनीय भएको बताए । उनले भने ‘मानसिक स्वास्थ्यको प्रवद्र्धनमा सरकारले अझै चाहे अनुरुप काम गर्न सकेको छैन । यसमा सञ्चारमाध्यम र सरोकारवालाको साथ लिएर अभियानलाई तिव्रता दिनुपर्छ ।’  

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ शुशीलनाथ प्याकुरेल, साइक्याट्रिक एशोसियसन नेपालका अध्यक्ष डा. अरुण कुमार, प्रथम पाइला साप्ताहिकका प्रधानसम्पादक दिनेश बाँस्तोला, मानसिक एवं मानोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालका संयोजक गोपाल ढकाल लगायतले मानसिक स्वास्थ्य र यसका विविध पक्षका विषयमा चर्चा गरेका थिए ।

मानसिक स्वास्थ्य सम्बन्धी केही तथ्य
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ५ युवामध्ये एक जना अर्थात कूल युवा जनसंख्याको २० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या हुने गरेको छ । तर, विश्वको कुल स्वास्थ्य बजेटको ४ प्रतिशत मात्र युवाको मानसिक सुस्वास्थ्यको लागि खर्च गर्ने गरिएको छ । 

अनुसन्धानकर्ताहरुको अनुसार आधा भन्दा बढी मानिसक स्वास्थ्य समस्या १४ वर्षभित्र शुरु हुन्छ र २४ वर्षको उमेरसम्ममा ७५ प्रतिशत मानसिक स्वास्थ्य समस्या देखिसकेको हुन्छ । मानसिक स्वास्थ्य समस्या आएमा अधिकांश युवाले त्यसको समाधानको लागि मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग प्रदायकको सहयोग लिएको पाईंदैन । 

१५ वर्षदेखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको दोस्रो कारण आत्महत्या पाईएको छ । कुल आत्महत्याको ७५ प्रतिशत निम्न तथा मध्यम आयस्तर भएका देशहरूमा हुने गरेको छ ।  १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको दोस्रो कारण आत्महत्या पाइएको छ । कुल आत्महत्याको ७५ प्रतिशत आत्महत्या निम्न तथा मध्यम आयस्तर भएका देशहरुमा हुने गरेको छ । 

Last modified on 2018-10-10 07:20:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts