विश्व दृष्टि दिवस

आज विश्व दृष्टि दिवस, विविध कार्यक्रम गरी मनाइदै



Download our app to get more features

काठमाडौं, २५ असोज । ‘आँखा सेवा सबैका लागि’  भन्ने नाराका साथ आज विश्व दृष्टि दिवस मनाइदै छ । अघिल्ला वर्षहरुमा जस्तै ११ अक्टोवर (२५ असोज) लाई  विश्व स्वास्थ्य संगठनको पहलमा यो दिनलाई विश्व दृष्टि दिवसका रुपमा मनाउने निर्णय गरेको हो । सोही अनुसार आँखा रोगको उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउनका लागि विश्व दृष्टि दिवस मनाइदै छ । 

विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरूको छाता संगठन अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीले सन् २०१० को अध्ययनलाई आधार मानी सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ । यस लक्ष्यलाई पूरा गर्न काठमाडौंस्थित तिलगंगा आँखा प्रतिष्ठान लगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायहरु सहकार्य गर्दै आइरहेका छन् । 

नेपाल सरकारले पनि विश्व स्वास्थ्य संगठनको सदस्य राष्ट्र भएकाले सन् १९९९ नोभेम्बरमा ‘भिजन २०२०: राइट टु साइट’ कार्यक्रम मनाउने घोषणा गरी २० वर्षे कार्ययोजना लागू गरेको छ । यस दिवसका आवसरमा विश्वभरका विभिन्न संघसंस्थाले सरकार, संस्था र व्यक्तिलाई अन्धोपन निवारणका लागि विश्वव्यापी रुपमा परिचालित र प्रोत्साहन गर्दै आएका छन् ।

विश्व दृष्टि दिवसका दिन तिलगंगा आँखा प्रतिष्ठान, काठमडांै, हेटौडा सामुदायिक आँखा अस्पताल लगायत १५ जिल्लामा रहेका सामुदायिक आँखा केन्द्रमा बालबालिका, वृद्धवृद्धा तथा लक्षित वर्गका निम्ति  निःशुल्क परामर्श सेवा प्रदान गर्ने गर्ने जनाइएको छ । साथै, आँखा उपचार सम्बन्धी जनचेतना जगाउने उद्देश्यका साथ आँखा केन्द्र वा अस्पताल परिसरमा ¥याली तथा सभामार्फत स्थानीय सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, पत्रकार, व्यवसायी, बुद्धिजिवी लगायतलाई आँखा स्वास्थ्य सम्बन्धी विभिन्न जानकारी दिने जनाइएको छ ।

यसैबीच  ओखलढुंगा, रामेछाप, दोलखा तथा सिन्धुली र चामे,  मुस्ताङ्गका बिरामीलाई लक्षित गरि आयोजना गरिएको आँखा शल्यक्रिया शिविरमा कुल १४४ जनाको निःशुल्क मोतीविन्दुको शल्यक्रिया सम्पन्न गरिएको छ । 

Last modified on 2018-10-11 11:15:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts