राष्ट्रिय ट्रमा सेन्टरका निर्देशकद्वारा राजीनामा, निमित्तमा डा. शेरचन 



Download our app to get more features

काठमाण्डौं, २५ असोज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. प्रमोदकुमार उपाध्यायले राजीनामा दिएका छन् । 

उनले बुधवार न्याम्सका उपकुलपतिसमक्ष राजीनामा बुझाएका हुन् । उनी ०७२ सालमा निर्देशक नियुक्त भएका थिए । न्याम्स अन्तर्गतको सेन्टरमा निर्देशकको पदावधी तोकिएको छैन । तत्कालका लागि अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी हाडजोर्नी शल्यचिकित्सक डा. विनोद शेरचनलाई दिइएको छ । उनी यसअघि पनि सेन्टरको निमित्त निर्देशक भइसकेको छन् । उपाध्यायले किन राजीनामा दिए भन्ने खुल्न सकेको छैन ।

यद्यपि, राजीनामापत्रमा घरायसी कारण उल्लेख गरेका छन् । पछिल्लो समय सेन्टरको सेवा प्रवाहलाई लिएर आलोचना हुन थालेपछि उनले राजीनामा दिएको हुनसक्ने बताइएको छ । त्यस्तै न्याम्समा नयाँ उपकुलपति नियुक्ति भएपछि हटाइनु भन्दा पहिल्यै मार्ग प्रशस्त गर्नका लागि राजीनामा दिएको हुनसक्ने आंकलन गरिएको छ ।

Last modified on 2018-10-11 17:21:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts