बिरामीसम्बन्धी गोप्य तथ्यहरु बाहिर ल्याउन स्वास्थ्यकर्मीहरुकै हात



Download our app to get more features

संयुक्त राज्य अमेरिकामा सन २०१० देखि २०१७ सम्म करिव १७ करोड स्वास्थ्य सम्बन्धी गोप्य तथ्यहरु बाहिर आएका छन् । जसमध्य तीन करोड तथ्यहरु स्वास्थ्यकर्मीको हातमा रहेको तथ्य सार्वजनिक भएको छ । 

जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनमा यसै हप्ता प्रकाशित लेखमा इन्स्योरेन्समा सहभागि बिरामीहरुको तथ्य रुपमा बाहिर आएको खुलेको छ । सन् २०१० तिर कागजी विवरणहरुबाट तथ्य बाहिर आउने गरेकोमा हाल प्रविधिको प्रयोग बढेसंगै इमेल तथा विद्ययुतिय माध्यमबाट सुचनाहरु चुहावट हुने गरेको उल्लेख गरिएको छ । 

यस अध्ययनको मुख्य सोधकर्ता थोमस म्याकोइका अनुसार अस्पतालहरुमा नयाँ प्रविधिबाट बिरामीको सुचना संचित गर्ने विधि बढेसंगै यसले बिरामीको विवरण बाहिर आउने खतरा पनि बढाएको छ र सम्बन्धित पक्षको यसमा ध्यान जानू जरुरी छ ।

बिरामीहरुको रोगसम्बन्धी, क्लिनिक ट्रायल र रिसर्च सम्बन्धी तथ्यहरु अनुमतीबिना सार्वजनिक गरिन नहुने विश्वव्यापी मान्यता छ ।

 

एजेन्सी

Last modified on 2018-10-14 10:05:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts