१२ लाखको औषधि र ८ जना डाक्टर लिएर काँग्रेस प्रवक्ता पुगे झापा



Download our app to get more features

झापा, २८ असोज । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा १२ लाख रुपैयाँको औषधि र आठ जना डाक्टरको टोलीसहित आफ्नो निर्वाचन क्षेत्र झापा पुगेका छन । 

झापाको बुद्धशान्ति गाउँपालिका–१ मा आयोजित  निःशुल्क स्वास्थ्य शिविरमा उनी चिकित्सक र औषधिसहित पुगेका हुन । शर्माको सुझावमा झापा कांग्रेसको १ नम्बर क्षेत्रीय समिति र बुद्धशान्ति गाउँसमितिले शिविर आयोजना गरेको हो । 

९० वर्षका उजिरमान दाहाल र ८६ वर्षकी टंकमाया दाहालको स्वास्थ्य जाँच गर्दै शिविर उद्घाटन गरिएको थियो । गाउँमा विशेषज्ञ डाक्टरको सेवा पाएपछि स्थानीय खुशी भएका छन् । 

शिविरमा नाक, कान, घाँटी,स्त्री तथा प्रसूति, छाला तथा यौन रोगका गरी ८ जना डाक्टरले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरस्थलमा ल्याब र छुट्टै एचआइभी परीक्षण गर्नेसमेत व्यवस्था गरिएको थियो । २ वर्षअघि पनि शर्माले झापामै प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव गराएका थिए ।

Last modified on 2018-10-16 07:19:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts