६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका कांग्रेस नेता बास्तोलाको निधन



Download our app to get more features

काठमाडौं, २८ असोज । ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ ।

शनिबार राति खुमलटारस्थित आफ्नै निवासमा उनको निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

परिवारिक स्रोतका अनुसार बस्तोलाको राति ९ः२० मा निधन भएको हो । लगतै डा. हरि शर्मालाई खबर गरिएको र उनले चेकजाँच गरेर मृत्यु भएको घोषणा गर्दा १०ः२० भएको थियो ।

७४ वर्षीय बास्तोलाको अवस्था शनिबार विग्रिएपछि बाँसबारीस्थित न्यूरो अस्पताल लगिएकोे थियो । अस्पताल पुर्याइएपनि उनको मुटु र फोक्सोमा पानी जेमेको भन्दै थप उपचार सम्भव नरहेको भन्दै अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

उनका श्रीमती र दुई छोरी छन् । दुबै छोरी गरिमा र सुम्निमा देश बाहिर रहेको र आज आइपुग्ने पारिवारिक स्रोतले बताएको छ ।

१४ पुस २०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोलालाई मस्तिष्कघात भएको थियो । त्यसपछि उनलाई भारतको मेदान्त अस्पतालमा सात महिना उपचारपछि नेपाल ल्याइएको थियो । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराउँदा पनि उनको होस आएको थिएन ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts