बिरामी रेफर गर्न खोजेपछि कञ्चनपुरका डा.पण्डितमाथि माथि हातपात



Download our app to get more features

कञ्चनपुर, २८ असोज । कञ्चनपुरको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा. अमित पण्डित माथी पूर्व सांसद दिवान सिंहले सांघातिक हमला गरेको घटनाप्रती सरकारी चिकित्सक संघ (गोदान) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

चिकित्सक उपर गरिने हातपात तथा यस्ता सांघातिक हमलालाई मानव सभ्यताको अत्यन्त निकृष्ट पाटो रहेको र यस्ता घटना पटकपटक घटिरहदा समेत स्थानीय, प्रदेश र केन्द्रिय सरकार मुकदर्शक भएर बस्नु निन्दनीय रहेको संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

निज दिवान सिंहलाई तत्काल हिरासतमा लिएर अनुसन्धान गरि कडा भन्दा कडा कारबाही गर्न सम्पूर्ण सरोकारवालाहरुलाई संघले आग्रह समेत गरेको छ ।

पटकपटकका यस्ता घटनाले चिकित्सक को मनोबल घट्ने, चिकित्सक र बिरामी बिचको सम्बन्ध नराम्रो हुँदै जाने, त्यसको प्रत्यक्ष असर सम्पूर्ण समाजले बेहोर्नु पर्ने हुँदा यस्ता घटनालाई निरुत्साहित गर्न संघले विगत देखि उठाउदै आएको “जेल विथ आउट बेल” को माग तत्काल पूरा गरि कार्यान्वयन गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।

श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा कार्यरत डा. अमित पण्डित माथि पूर्व सांसद समेत रहेका नेपाली कांग्रेसका नेता दिवानसिंह विष्टले शुक्रबार बिहान कुटपिट गरेका थिए ।

स्वास्थ्य केन्द्र नजिकैको थलकेदार क्लिनिकमा उपचारका लागि ल्याइएकी २५ बर्षीय महिला चन्दा थापाको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई डा पण्डीत र क्लिनिकमा कार्यरत स्टाफ नर्सको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र ल्याई अक्सिजन दिइएको थियो ।

तर, स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनलाई धनगडी रिफर गरिदैं थियो । सोही बेला पुगेका नेता विष्टले एक्कासी आफूमाथि आक्रमण गरेको डा पण्डितले बताए । उनले स्वास्थ्य केन्द्र अगाडीको पिचरोटबाट आफूलाई पिट्दै केन्द्र भित्र ल्याएको बताए ।

नेता विष्टले डा पण्डित माथि बिरामी रिफर गर्ने र प्राइभेट प्राक्टिसमा बढी केन्द्रीत हुने गरेको आरोप लगाएका छन् । 

सरकारी चिकित्सकसंघले जारी गरेको विज्ञप्ती

Last modified on 2018-10-16 07:16:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts