चापाकोट अस्पताललाई एम्बुलेन्स प्रदान



Download our app to get more features

रामपुर (पाल्पा), २८, असोज । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकारबाट उपलब्ध गराइएको एम्बुलेन्स चापाकोट अस्पताल स्याङजालाई हस्तान्तरण गरेकी छन् । 

शनिबार एक कार्यक्रमका बिच उनले चापाकोट नगरपालिकाका उपप्रमुख विमला श्रेष्ठ तथा अस्पताल रहेको वडा नं ९ का वडाध्यक्ष शङ्करभक्त भण्डारीलाई संयुक्त रूपमा एम्बुलेन्सको साँचो हस्तान्तरण गरेकी हुन् । 

सो अवसरमा उनले दुर्गम भेगका सर्वसाधारण नागरिकलाई अस्पतालसम्म पु¥याउन नसकेर घरमै ज्यान गुमाउनुपर्ने समस्या अन्त्य गर्दै एम्बुलेन्सले चापाकोटका जनतालाई सहज सेवा पुग्ने विश्वास व्यक्त गरिन् । 

दशँैको शुभकामना आदानप्रदानसँगै भएको कार्यक्रममा मन्त्री अर्यालले अव्यवस्थित रूपमा रहेका देशका विभिन्न स्थानको भूमि व्यवस्थापनका लागि पाल्पाको रामपुरबाट काम थालनी गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । 

 

रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts