पुङ्दी भुङ्दीमा एक दिने निःशुल्क दन्त शिविर, साढे ३ सय लाभान्वित



Download our app to get more features

काठमाडौं, २८ असोज । कान्तिपुर डेन्टल एण्ड जनरल अस्पतालले पोखरा नगरपालिकाको पुङ्दी भुङ्दी काउलेपानीमा एक दिने निःशुल्क दन्त शिविर सञ्चालन गरेको छ । सो शिविरबाट पुङ्दी भुङ्दी काउलेपानीका साढे तीन सय लाभान्वित भएका थिए । 

रोटरी क्लब अफ काठमाडौ नर्थ, रोटरी क्लव अफ इन्टरन्याश्नल डिस्ट्रकी ३२१२, रोटरी क्लव अफ उकु ताइवान, न्यु ताइपेइ डिस्ट्रिक ३४९० सँगको सहकार्यमा कान्तिपुर डेन्टल कलेज एण्ड हस्पिटल र कान्तिपुर डेन्टल अस्पताल पोखराले सो शिविरको आयोजना गरेको हो । 

महानगरपालिका – २२ को शुक्रराज माध्यामिक विद्यालयमा गरिएको शिविरमा दाँतको परिक्षण, दाँत सफा गर्ने, दाँत फेर्ने, दाँत निकाल्ने लगायत परीक्षण र उपचार गरिएको थियो । स्वास्थ्य शिविरका अलावा रोटरी डिस्ट्रिक ३४९०ले विद्यार्थीलाई शैक्षिक सामाग्री पनि वितरण गरेको थियो । सो क्रममा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई ब्रस र मञ्जन वितरण गरिएको थियो । कार्यक्रमको उद्घाटन युवा  तथा खेलकसद मन्त्री जगत  विश्वकर्माले गरे । 

शिविरको नेतृत्व दन्त चिकित्सक एवं कान्तिर डेन्टल कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले गरे । त्यस्तै म्याक्जीलो फेसियल सर्जन सुशील सुवेदी, डा।सुमित सिंह, कान्तिपुर इन्सीच्युट अफ हेल्थ साइनसका प्रिन्सिपल सृष्टी शाह लगायत २६ जनाको टोली रहेको थियो । शिविरका क्रममा स्थानीय विद्यार्थी र शिक्षकलाई मुख स्वास्थ्य सम्बन्धी अभिमुखिकरण पनि गरियो । उनीहरुलाई दाँत माझने, सफा गर्ने लगायतका मुख स्वास्थ्यका विषयमा जानकारी गराइएको थियो । गाउँमै निःशुलक दाँत परीक्षण र उपचार भएकोमा स्थानीय खुशी भएको आयोजकले जनाएको छ ।

Last modified on 2018-10-14 16:31:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts