मेडिकल कलेजले पुरानै शुल्क अनुसार अध्यापन गराउनुपर्ने सरकारको निर्णय



Download our app to get more features

काठमाडौं, २९ असोज । सरकारले मेडिकल कलेजलाई यस वर्ष पनि शुल्क वृद्धि नगर्न निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले शुल्क नबढाउने निर्णय गरेसंगै मेडिकल कलेजहरुले पुरानै शुल्कमा अध्यापन गराउनुपर्ने छ ।

कलेजहरुले मनलाग्दी शुल्क लिएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले एकसाता अघि त्रिभुवन विश्व विद्यालय, काठमाडौ विश्व विद्यालयबाट उपकुलपति रेक्टर, रजिष्टार तथा चिकित्साशास्त्र तर्फका डीनहरु सहितका सरोकारवाला व्यक्तिहरुलाई बोलाएर छलफल गरेका थिए ।

सोही छलफल अनुसार मन्त्री पोखरेलले आइतबारको बैठकमा शुल्क यथावत राख्नेगरी प्रस्ताव लगेका थिए । सोही प्रस्तावलाई मन्त्रीपरिषदले स्वीकृत गरेको हो । सरकारले दुई वर्ष अघि एमबीबीएस तर्फ काठमाडौं उपत्यका भित्रका मेडिकल कलेजका हकमा ३८ लाख ५० हजार रुपैयाँ र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको थियो।यस्तै बीडीएस तर्फ १९ लाख ३२ हजार शुल्क तोकेको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts