जनस्वास्थ्य कार्यालयबारे यथाशिघ्र निर्णय गर्न जनस्वास्थ्य संघद्वारा सरकारको ध्यानाकर्षण



Download our app to get more features

काठमाडौँ, ३० असोज । असोज मसान्तसम्म मुलुकभरिका ७७ जिल्लाका जिल्ला जनस्वास्थ्य/स्वास्थ्य कार्यालय यथावत् रहने या प्रदेशमा गाभ्ने विषयमा सरकारले मङ्गलबारसम्म कुनै निर्णय नगरेकामा नेपाल जनस्वास्थ्य सङ्घले यथाशीघ्र निर्णयका लागि सरकारको ध्यानाकर्षण गराएको छ । 

गत वैशाख र असार महीनामा गरी दुई पटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन तीन महीनाको म्याद थप्दै हाल जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालय यथावत् रहने गरी निर्णय गरेको थियो । गत असारमा तीन महीनाका लागि थपिएको म्याद बुधबार सकिने भएकाले त्यसपछि के हुन्छ भन्ने विषयमा अन्योल छाएको छ । 

नेपाल जनस्वास्थ्य सङ्घका नवनिर्वाचित अध्यक्ष श्रीकृष्ण भट्टद्वारा जारी गरिएको विज्ञप्तिमा मङ्गलबार या बुधबारसम्म सो विषयमा तत्काल निर्णय गरी यसबारे देखिएको अन्योलको अन्त्य गर्न सरकारसँग आग्रह गरिएको छ । 

सङ्घका नवनिर्वाचित महासचिव धादिङ जिल्लाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले कुनै पनि हालतमा सरकारले बुधबारसम्म यसबारे निर्णय नगरेमा सबै जिल्लाका जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालय, मेडिकल स्टोर, क्षेत्रीय प्रयोगशाला र तालीम केन्द्रका काम ठप्प हुने बताए । 

रासस

Last modified on 2018-10-17 11:26:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts