रुकुम दुर्घटनामा घाइते भएकालाई नेपालगञ्ज ल्याइयो



Download our app to get more features

रुकुम पश्चिम, ३० असोज । मंगलबार अपराह्न भएको दुर्घटनामा परी घाइते भएका दुवै जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । 

मुसिकोट नगरपालिका–१ सल्लेमा भएको दुर्घटनामा परी घाइते भएका सल्लेका आठ वर्षीय जेनिस बिसी र गाडी चालक सर्लाहीका रामकुमार शङ्करलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको हो । “घाइतेलाई लिनका लागि हेलिकप्टर बोलाइएको थियो”, प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले भने, “शुरुमा त हेलिकप्टर आउने भनिएको थियो तर रात पर्न थालेपछि हेलिकप्टर आउन मानेन र एम्बुलेन्समार्फत पठाइएको छ ।” 

घाइतेको अवस्था गम्भीर भएकाले एम्बुलेन्समै एक चिकित्सकसमेत पठाइएको छ । सल्लेबाट सफाइका लागि मूलखोला आउँदै गरेको बा३ख ७४६१ नंको गाडी अपराह्न दुर्घटना हुँदा सल्लेका नौ वर्षीय प्रयास बिसीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको थियो । 

 

रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts