चाडबाड: फूड पोइजनिङको जोखिम


Download our app to get more features
Birat Hospital

चाडबाडका बेला फूड पोइजनिङको सम्भावना धेरै देखिन्छ । किनभने चाडपर्वमा खाना बनाउँदा धेरै दिनअगाडि नै बनाउने, फ्रिजमा राखे पनि उपयुक्त तापक्रममा नराख्ने, राम्रोसँग नपकाएका र बासी खानेकुरा उपभोग गर्ने चलन छ । यस्ता खानाले फूड पोइजनको सम्भावना उच्च रहन्छ । 

लामो समयसम्म पकाएर राखिएका खानेकुरामा कीटाणु वा विषाक्त कुरा उत्पन्न हुन सक्छ । यस्ता खाना खाँदा फूड पोइजनिङ हुने गर्छ । ब्याक्टेरिया, भाइरस, प्रोटोजुआ, परजीवी वा त्यसबाट उत्पन्न विषाक्त फूड पोइजनिङ हुनुका मुख्य कारण हुन् । फूड पोइजनिङ खासगरी चाडपर्व, विभिन्न अवसर वा समारोह जहाँ ठूलो परिमाणमा खाना बनाएर उपभोग गर्दा हुने गर्छ । विकसित देशहरूमा खासगरी राम्रोसँग नपकाएको वा काँचो सलाद खाँदा बढी मात्रामा फूड पोइजनिङ हुने गरेको देखिन्छ । फूड पोइजनिङ एकपटकमा धेरै जनालाई हुने गर्छ । छिमेकी देश भारत र नेपालमै पनि हरेक वर्ष फूड पोइजनिङका घटना हुँदै आएका छन् । नेपालमा खासगरी बिहे, चूडाकर्म तथा श्राद्धको अवसरमा बनाएको खाना खाँदा ठूलो संख्यामा फुड पोइजनिङ भई बिरामी अस्पताल नै भर्ना हुने गरेका छन् । तर, नेपालमा बर्सेनि कति मानिसमा फूड पोइजनिङ हुन्छ भन्ने तथ्यांक छैन ।

अमेरिकाको तथ्यांक हेर्दा फूड पोइजनिङको कारण बर्सेनि झन्डै ४८ मिलियन मानिस बिरामी हुने गर्छन् । झन्डै १ लाख २८ हजार मानिस अस्पताल भर्ना हुने गर्छन् । त्यसमध्ये ३ हजार जतिको मृत्यु हुने गरेको देखिन्छ । विश्व स्वास्थ संगठनको अनुमानित तथ्यांकअनुसार विश्वमा हरेक वर्ष ४ लाख २० हजार मानिसको फूड पोइजनिङबाट मृत्यु हुने गरेको देखिन्छ । 

फूड पोइजनिङको कारण 
विभिन्न ब्याक्टेरिया तथा भाइरसका साथै त्यसबाट उत्पन्न विषबाट फूड पोइजनिङको समस्या देखिने गर्छ । अमेरिकामा देखिने फूड पोइजनिङमा झन्डै ३१ प्रकारका जीवाणु मुख्य कारक रहेका छन् । तर, थाहा नभएका जीवाणु वा त्यसबाट उत्पन्न विषाक्त कुराले अझ धेरै संख्यामा संक्रमितलाई अस्पताल भर्ना वा मृत्यु गराइरहेको तथ्यांकमा उल्लेख छ । नोरो भाइरस, कम्पैलोब्याक्टर, इकोलाई, सालमोनेला, टोक्सोप्लाज्मा गोडी आदि जीवाणु अमेरिकामा फूड पोइजनिङ गराउने प्रमुख कारक जीवाणु हुन् ।  नेपालमा बर्सेनि फूड पोइजनिङको समस्या देखिने गरे तापनि कुन जीवाणु प्रमुख कारणहरु हुन् भन्ने यकिन गर्ने गरेको देखिँदैन वा कोशिश नै गरेको देखिँदैन । यदि मृत्यु भए अज्ञात रोगका कारणले मृत्यु भएको भनी सार्वजनिक हुने गरेको छ । नेपालमा धेरै प्रकारको ब्याक्टेरिया वा भाइरस पाइने भएकाले अमेरिकामा देखिने जीवाणुभन्दा यहाँ धेरै गुणा बढी हुन सक्ने अनुमान गर्न सकिन्छ । संक्रमण भएको केही घण्टादेखि केही दिनमा यसको विभिन्न लक्षण देखिने गर्छ ।

♦  बान्ता हुने 

♦  वाकवाक लाग्ने 

♦  पानीजस्तो वा रगत मिसिएको पखाला लाग्ने

♦  पेट दुख्ने र मांसपेशी बाउँडिने

♦  ज्वरो आउने 

यसको समयमा उपचार नभए जटिलता उत्पन्न हुन सक्छ । कडा जलवियोजन र इकोलाईका केही प्रजातिले गराउने हेमोलाइटिक युरेमिक सिन्ड्रोमको समयमा नै उपचार नभए बिरामीको मृत्यु हुने गर्छ । वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला, दीर्घरोगीमा यसको जोखिम अझ बढी हुन्छ । 

फूड पोइजनिङ भएको अवस्थामा उपचारको लागि जति सक्दो चाँडो बिरामीलाई स्वास्थ्य संस्थामा पु¥याउनुपर्छ । एकै पटक धेरै मानिस प्रभावित हुने भएकाले स्वास्थ्य केन्द्रसम्म पु¥याउने व्यवस्थाको सहजकर्ताको भूमिका गर्नुपर्छ । स्वास्थ्य संस्था पुग्नुअगाडिसम्म यदि बिरामीले पिउन सक्छ वा बान्ता भएको छैन भने जीवनजल बनाएर दिन सकिन्छ । स्वास्थ्य केन्द्र वा अस्पताल पुगेपछि जीवाणु पत्ता लागे त्यसै अनुरुप एन्टिबायोटिकको प्रयोग गर्नुपर्ने हुन्छ । 


(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।)

Last modified on 2018-10-18 17:44:40

bnc samyog_advertisement bathrog

Leave a Comment

Spark_health_home NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

BlueCross_Dec12 Related Posts norvic_hospital