अवकासको ९ महिना अघि स्वास्थ्यका सहसचिव विकास लामिछानेले दिए राजीनामा



Download our app to get more features

काठमाडौ १४ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. विकास लामिछानेले अचानक राजीनामा दिएका छन् । 

अवकास पाउन नौ महिना बाँकी रहँदा लामीछानेले सरकारी सेवाबाट राजीनामा दिएका हुन् । तत्कालिन स्वास्थ्य सचिव डा. पुष्पा चौधरिले एक दर्जन सहसचिवलाई महिनौ सम्म काम विहीन बनाएपछि रुष्ट रहेका डा. लामिछानेले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारी प्रशासनमा राजिनामा पत्र बुझाएका हुन । 

काम गर्न अनुकूल वातावरण नबनाएकाले राजिनामा दिएको लामिछानेले बताए । बि.स २०४६ सालबाट सरकारी सेवामा प्रवेश गरेका उनले अहेवबाट काम थालेका थिए । बिवादरहित काम गरेका लामिछाने यस अगाडि बाल स्वास्थ्य महाशाखाको निर्देशक थिए । उनलाइ निवर्तमान सचिव चौधरीले तीन महिना अगाडि मन्त्रालयमा तानेकि थिईन् । हाल मन्त्रालयका १३ जना ११ औ तहका सहसचिव फाजिलमा रहेका छन् ।

Last modified on 2018-11-01 07:10:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts