एक विद्यालय एक नर्सः प्रदेश ३ ले माग्यो २० जना नर्स, यस्ता छन् जिम्मेवारी



Download our app to get more features

काठमाण्डौ, १६ कात्तिक । प्रदेश नं ३ ले 'एक विद्यालय एक नर्स कार्यक्रम'को कार्यान्वयन सुरु गरेको छ । 

जस अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश भित्र रहेका १४ वटा जिल्लाका २० वटा स्कूलमा काम गर्ने गरी नर्सका लागि दरखास्त आह्वान गरेको  हो । नर्स नियुक्तिका लागि मन्त्रालयले सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, ललितपुर, काठमाण्डौ, चितवन र धादिंगमा २-२ वटा स्कूलका लागि दर्खास्त माग गरेको छ । त्यस्तै, सिन्धुली, रसुवा, रामेछाप, काभ्रेपलाञ्चोक, दोलखा र भक्तपुरका १-१ वटा स्कूलका लागि आवेदन मागेको छ । एकवर्षका लागि करारमा विद्यालय नर्स भर्ना गर्न लागिएको हो । 

विद्यालय नर्सलाई स्वास्थ्य सेवाको पाँचौ तहका कर्मचारीले पाउने सुरु स्केलको तलब दिइने छ । इच्छुकले आफुले काम गर्न चाहेको स्कूलका लागि दरखास्त दिनसक्नेछन् । 

के गर्नुपर्छ स्कूल नर्सले ? 
स्कूल नर्सले गर्नुपर्ने जिम्मेवारी पनि तोकिएको छ । जसअनुसार ११ बुँदे कामकर्तव्य यस्तो छ । 
क. स्वस्थ जीवनशैलीसँग सम्बन्धित विषयमा नियमित रुपमा विद्यार्थीलाई जानकारी गराउने, 
ख. विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गर्ने, 
ग. विद्यार्थीलाई शारीरिक व्यायाम र पोषण, मुख स्वास्थ्य, खानपीनसँग सम्बन्धित व्यवहार, हात धुने तरिका, नसर्ने रोग, यौन तथा प्रजनन स्वास्थ्य लगायतका विषयमा जानकारी र परामर्श दिने, 
घ. विद्यार्थीलाई स्वास्थ्यसँग सम्बन्धित आवश्यक अन्य परामर्श दिने, 
ङ. प्राथमिक उपचार गर्ने, 
च. अभिभावकहरुलाई बालबालिकाको स्वास्थ्य र स्वस्थ जीवनशैलीका बारेमा जानकारी र परामर्श दिने, 
छ. विद्यालयमा सूर्तिजन्य पदार्थ, मदिराजन्य पदार्थ, जंक फूड लगायतका अखाद्य पदार्थ, अत्यधिक चिनीयुक्त पेय पदार्थको प्रयोगमा नियन्त्रण, स्वच्छ खानेपानी, छात्रामैत्री शौचालय लगायतका स्वास्थ्य मैत्री पूर्वाधार भए नभएको सन्दर्भमा रेखदेख गर्ने र सो को जानकारी गराउने, 
ज. विद्यालय स्वास्थ्य अवस्थाको अभिलेख राख्ने र सो को जानकारी विद्यालय व्यवस्थापन समितिलाई गराउने, 
झ. विद्यालईलाई थप उपचार आवश्यक भएमा स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरी उपचार गराउने 
ञ. जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने । 
ट. कार्यक्रमको आवश्यक्ता अनुसारका अन्य कार्यहरु गर्ने । 

Last modified on 2018-11-03 07:17:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts