पूर्वराजपरिवारका फिजिसियन डा. पाण्डेको निधन 



Download our app to get more features

काठमाडौं, २१ कात्तिक । पूर्व राजपरिवारका फिजिसियन समेत रहेका वरिष्ठ चिकित्सक डा. श्याम बहादुर पाण्डेको निधन भएको छ । 

राजधानीको बल्खुस्थित वयोधा अस्पतालका अध्यक्ष एवं मेडिसिन विभागका प्रमुख डा. पाण्डेको मश्तिष्कघातका कारण मंगलबार राति निधन भएको हो । ४ वर्षअघि मिर्गौला फेल भएका पाण्डेलाई मश्तिष्कघात भएको थियो । उनी नेपाली सेनामा कार्यरत थिए । सन् १९९४ मा सोसाइटी अफ इन्टरनशल मेडिसिन अफ नेपाल (साइमन) नामक फिजिसियन चिकित्सकहरुको  संस्थाको उनी संस्थापक अध्यक्ष समेत थिए । उनी पूर्वराजा ज्ञानेन्द्र शाहका फिजिसियन थिए । 

 उनको मृत्युले अस्पताल लगायत समग्र चिकित्सा क्षेत्रलाई अपुरणीय क्षति पुगेको अस्पतालका कार्यकारी निर्देशक रवि चौधरीले बताए । 

Last modified on 2018-11-08 08:38:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts