चाडपर्वमा विषाक्त खाना प्रयोग हुन सक्छ तयारी अवस्थामा बस्नू: सरकार 



Download our app to get more features

काठमाडौं, २१ कात्तिक । सरकारले चाडपर्वको समयमा विषाक्त खानेकुरा प्रयोग हुने भएकाले तयारी अवस्थामा रहन सबै अस्पतालहरुलाई निर्देशन दिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अस्पताल तथा स्वास्थ्य सस्थालाई आकस्मिक अवस्थामा परिचालन हुन सक्ने गरी बस्न निर्देशन दिएको हो । देश भरी विभिन्न स्थान र समयमा विभिन्न रोगहरुको महामारी भई रहने गरेको सन्दर्भमा चाडपर्वको बेलामा विशेष गरी विषाक्त खाना, झाडापखाला लगायतका अन्य महामारी हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सबै अस्पताल तथा स्वास्थ्य सस्थालामा आकस्मिक अवस्थामा परिचालन गर्न सकिने गरी चिकित्सक तथा पारामेडिक्सहरुका साथ साथै आवश्यक औषधि र सरसामग्रीहरु  तयारी अवस्थामा राख्ने व्यवस्था गर्न अनुरोध गरेको हो । 

यस्ता घटनाहरुको प्रतिकार्य गर्दा ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासंग समेत समयमा समन्वय गर्न भनेको छ । 

Last modified on 2018-11-09 11:51:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts