तिहारको पटाकाले क्यान्सर गराउला है !



Download our app to get more features

काठमाडौँ, २२ कात्तिक । दिपावलीका समयमा मनोरञ्जनका लागि पड्काइने भूँइचम्पा र पटाकाबाट निस्कने धुवाँले फोक्सोको सङ्क्रमण, हृदयघात र क्यान्सरको सम्भावना हुने भएकाले सचेत हुन अपिल गरिएको छ । 

यस्ता सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुनाका साथै पटाका पड्काउँदा निस्कने सेतो ज्वालामा अलिमुनियम रहेको र यसले दिमाग र फोक्सोका लागि हानिकारक भएको भन्दै प्राथमिक स्वास्थ्य विकास केन्द्रले सबैको ध्यानाकर्षण गराएको छ । केन्द्रका कार्यकारी निर्देशक शान्ताराम मुल्मीले पटाकाबाट निस्कने रातो ज्वालामा लिथियम र स्ट्रोनटियम हुने भएकाले त्यसले बच्चाको हड्डीको विकासमा असर पार्ने बताए । 

पटाका र भूइँचम्पामा क्यान्सरको कारकतत्व हुने भएकाले यस्ता वस्तु बनाउन प्रयोग हुने रसायन तत्वबाट निस्कने सल्फर डाइअक्साइड, कार्बन डाइअक्साइड र कार्बन मनोअक्साइडजस्ता विषालु ग्यासबाट फोक्सोको क्यान्सर र क्रोनिक ब्रोङकाइटिस रोग लागी अकालमै मृत्यु हुने सम्भावना भएकाले मनोरञ्जनका नाममा यस्ता सामग्री प्रयोग नगर्न आग्रह गरेका छन् ।

केन्द्रले सरकारसँग यस्ता हानिकारक वस्तुको आयात, व्यापार र प्रयोग नगर्न, नगराउन सशक्त अनुगमन गर्न पनि आग्रह गरेको छ । 

Last modified on 2018-11-09 12:16:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts