जिल्ला कारागारका कैदीबन्दी प्रसाईंको उपचारका क्रममा मृत्यु



Download our app to get more features

झापा, २२ कात्तिक । झापाको जिल्ला कारागारका रहेका एक कैदीबन्दीको मृत्यु भएको छ । 

लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका बिर्तामोड–७ का केशव प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतक प्रसाईंको दुवै मिर्गौला फेरिएको थियो । मिर्गौलापीडित प्रसाईंको स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि मेची अञ्चल अस्पताल लगिएकामा  बुधबार उपचारका क्रममा उनको मृत्यु भएको हो । प्रसाईंलाई उक्त मुद्दामा जिल्ला अदालतले १२ वर्ष कैद सजाय सुनाएको थियो ।

उनले २०७३ असोज १० गतेदेखि  कैद भुक्तान गर्दै आइरहेको  प्रनाउ श्रेष्ठले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts