आइओएमको ‘काउन्सिलिङ’मा पदाधिकारीहरुले चलखेल गरेको भन्दै विद्यार्थी आक्रोशित



Download our app to get more features

काठमाडौं, २५ कात्तिक । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा एमबीबीएस भर्नाको लागि  लिइने  ‘ओपन हाउस काउन्सिलिङ’मा त्यहाँका पदाधिकारीहरुले चलखेल गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । 

विद्यार्थीहरुले आइतबारदेखि सुरु भएको काउन्सिलिङ विरुद्ध आइओएम कार्यालय अगाडी धर्ना सुरु गरेका छन्।दशैंअघि शुरु भएको काउन्सिलिङबाट छनोटमा परेका परेका विद्यार्थीहरु तोकिएका कलेजमा भर्ना हुन नगएपछि आइओएमले गत २० कात्तिकमा सूचना जारी गर्दै आइतबार नयाँ विद्यार्थीलाई कात्तिक २५ गतेसम्म काउन्सिलिङमा आउन सूचना जारी गरेको थियो।  सो सूचनामा त्रिवि अन्तरगर्तका विभिन्न ८ वटा कलेजमा ४७ वटा सिट एमबीबीएस र २९ वटा सिट डेन्टल तर्फ खालि रहेको भनिएको छ । तर ती सिटहरुमा योग्यताक्रम (मेरिटलिस्ट)मा अगाडी नाम हुने विद्यार्थीलाई अवसर नदिएर लिष्टको पछाडी हुने विद्यार्थीलाई अवसर दिइएको भन्दै विद्यार्थीहरु आक्रोशित भएका हुन् । 

'पहिलोपटक काउन्सिलङ गर्दा हामीलाई दुइवटा कलेज मात्र रोज्न लगाइएको थियो,' विरोधमा सहभागी काठमाडौका शिशिर ढुङंगानाले भने  'पहिलो पटकको काउन्सिलमा हामीलाई जानकी मेडिकल कलेज र नेशनल मेडिकल कलेज मात्र अप्सन(रोजाई)मा राखियो अहिले हामी भन्दा पछाडीका हरुलाई राम्रोराम्रो ८ वटा कलेज अप्सनमा राखिएको छ।' एमबिबिएस भर्ना प्रकृया पटक पटक मेरिटको आधारमा हुनु पर्ने भनिएपनि यसपटक समेत मेरिट प्रकृयालाई मिच्ने काम भइरहेको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का स्ववियु सभापति डा. मिलन गैरेले बताए । उनीहरुको आन्दोलनमा महाराजगञ्ज क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको संस्था युथफर इक्वालिटीले समर्थन गरेको छ । 

भिडियो हेर्नुहोस्

 

 

Last modified on 2018-11-12 07:20:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts