केन्द्रले ढिलासुस्ती गरेपछि प्रदेश ३ ले अाफै करारमा चिकित्सक भर्ना गर्ने



Download our app to get more features

हेटौंडा, ३० कात्तिक । सरकारले कर्मचारी पठाउन ढिलाई गरेपछि प्रदेश सरकारले आफैं चिकित्सक नियुक्त गर्ने भएको छ ।

स्वास्थ्य संस्थामा चिकित्सक अभाव भएपछि प्रदेश नम्बर ३ का सरकारले आफैं करारमा चिकित्सक नियुक्त गर्ने भएको छ । 

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका स्वास्थ्य संस्थामा चिकित्सक अभाव भएकाले करारमा नियुक्त गर्न ‘करारमा चिकित्सक नियुक्ति गर्ने कार्यविधि २०७५’ स्वीकृत गरेको हो ।

सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भएपछि प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्न लागेको हो ।
 

Last modified on 2018-11-16 14:29:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts