जनकपुर अञ्चल अस्पतालको मेसुमा नियुक्त भएका डा.यादवको पदभार ग्रहण आज



Download our app to get more features

जनकपुर, ३ मंसिर । जनकपुर अञ्चल अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. नागेन्द्र यादव नियुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो (आईतबार) अस्पतालका सिनियर मेडिकल अफिसर डा.यादवलाई जनकपुर अञ्चल अस्पतालको मेसुमा नियुक्त गरेको हो ।

झण्डै २ वर्षदेखि अस्पतालको मेसुको रुपमा कार्यरत डा. रामपरीक्षण यादवले हिजोदेखि अवकाश पाएपछि डा. यादवलाई सरकारले मेसुमा नियुक्त गरेको हो । मेसुको रुपमा नियुक्त भएपछि डा. यादवले अस्पतालको वर्तमान अवस्थालाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले बिरामीलाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्ने भन्दै आगमी दिनमा प्रदेश अस्पतालको रुपमा स्तरोन्नति गर्न तर्फ पनि प्रयास गर्ने बताए ।


 

Last modified on 2018-11-19 10:58:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts