एन्टीबायोटिकको क्षमतामा विश्वव्यापी प्रश्न



Download our app to get more features

काठमाडौैं, ३ मंसिर । एन्टीबायोटिकको प्रतिरोधी क्षमतामा ह्रास आएपछि यसका विषयमा विश्वव्यापी प्रश्न उठेको छ ।

विश्वभरका देशहरुले एन्टीबायोटिक प्रतिरोधी क्षमता माथि प्रश्न उठाएका हुन । सन् १९९५ सम्म मानव स्वास्थ्यमा राम्रोसंग काम गरेको एन्टीबायोटिकमा पछिल्लो समय ह्रास आएपछि यसको प्रभावकरीताबारे विश्व समुदाय चिन्तित बनेको हो ।   

यसको क्षमतामाथि प्रश्न उठेसंगै एन्टीबायोटिकको जथाभावी प्रयोग रोक्न विश्व समुदाय एक भएका छन् । सोेही अवसरमा नेपालले पनि एन्टीबायोटिकको जथाभावी प्रयोग रोक्न नयाँ योजना ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय चिकित्सा सेवा महाशाखाका प्रमुख डा. दिपेन्द्ररमण सिंहले बिरामीको आवश्यकता बिनानै एन्टीबायोटिक प्रयोग गर्दा गंभिर समस्या देखिएको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा भइरहेको एन्टीबायोटिक प्रयोगबारे सार्वजनिक रुपमा प्रश्न उठाएको छ ।   

नयाँ औषधि बनेनः पुरानाले काम गरेन  सन् १९९५ सम्म नयाँ — नयाँ एन्टीबायोटिकका औषधिहरु उत्पादन हुदै आएका थिए । त्यस यता नयाँ कच्चा पदार्थको प्रयोग गरी कुनै नयाँ एन्टीबायोटिक उत्पादन भएका छ्रैनन । पुरानै ढर्राका एन्टीबायोटिक उत्पादन हुदा त्यसले जिवाणु मार्न नसकेको स्वास्थ्य मन्त्रालयको भनाई छ ।  

सन् १९९५ पछि नयाँ कच्चा पदार्थको प्रयोग गरी एन्टीबायोटिक बन्न सकेन डा. सिंहले भने, ‘त्यस बेलाका एन्टीबायोटिकले अहिले रोग निको बनाउन सकेन ।’ विश्वव्यापी रुपमा भएका अध्ययनले ८० वर्ष अगाडी जस्तो सुकै समस्या पनि एन्टीबायोटिकले ठिक भएका थिए । त्यस बेला सो औषधिको प्रयोग अत्याधिक मानिसहरुले गरे ।  

चिकित्सकहरु भन्छन, ८० वर्ष पछाडी आईपुग्दा एन्टीबायोटिकलाई पनि जिवाणुले जित्न थाल्यो । अहिले एन्टीबायोटिक छैन जस्तो भएको छ, डा. सिंहले भने, यस्तो अवस्थामा साधारण समस्या भएका मानिहरु पनि मर्न सक्छन् । चिकित्सकका अनुसार ७ दिन खान भनेको एन्टीबायोटिक ४ दिन खाएर छाड्ने चलन छ । यसले ठुलो समस्या ल्याइसकेको छ ।   

एन्टीबायोटिकको अनावश्यक प्रयोगले जोखिम निम्त्यायो एन्टीबायोटिक प्रतिरोधि क्षमतामा ह्रास आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । क्षमता माथि ह्रास आउनुमा आवश्यकता बिना एन्टीबायोटिकको प्रयोग भएको मन्त्रालयको ठहर छ । विभिन्न खाले भाइरसको संक्रमणमा पनि चिकित्सक, स्वास्थ्यकर्मी वा फार्मासिस्टले एन्टीबायोटिक दिने गर्दा यसको क्षमतामाथि प्रश्न उठ्न पुगेको डा. सिंहको भनाई छ ।

Last modified on 2018-11-19 10:57:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts