विश्व चर्पी दिवस: स्वास्थ्य संस्थामा चर्पीको मात्रा न्यून



Download our app to get more features

काठमाडौं, ३ मंसिर । आज विश्व चर्पी नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदै छ ।

हरेक वर्ष नोभेम्बर १९ तारीखका दिन मनाइने दिवस “चर्पी हाम्रो प्राकृतिक आवश्यक्ता” नाराका साथ मनाइँदैछ । नेपालले विगत ८ वर्षको अवधिमा संघसंस्था तथा व्यक्तिहरुको सहयोग र सहकार्यले घरायसी चर्पी निर्माणमा उल्लेख्य प्रगति गरेको खानेपानी मन्त्रालयले जनाएको छ ।

दिवसको अवसरमा मन्त्रालयले ५ वर्ष मुनिका बालबालिकाहरुमा झाडापखालाको प्रकोप १४ प्रतिशतबाट झरेर ८ प्रतिशतमा पुर्याइएको पनि जनाएको छ । स्वच्छता र सरसफाइमा ध्यान दिदै सरकारले विभिन्न जिल्लामा खुल्ला दिशामुक्त क्षेत्र घोषणा अभियान पनि सञ्चालन गरेको छ ।

अहिलेसम्म नेपालमा करिब १ सय घर मध्ये ९८ घरमा चर्पी निर्माण भएको र ६० जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेको छ भने ४ जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने प्रक्रियामा रहेको छ । त्यस्तै विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा ५ मध्ये ४ वटामा मात्र चर्पी रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

सन् २०३० सम्म सबैका लागि दिगो खानेपानी र सरसफाईको व्यवस्थापन गरी दिगो विकास लक्ष्य हासिल गर्न पनि यस वर्षको नारालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

नेपालले विश्व चर्पी दिवस मनाइरहेको सन्दर्भमा चर्पीलाई सधैँ सफा राख्ने, भरिएको चर्पीको मललाई सुरक्षित संकलन, ढुवानी र प्रशोधन गर्ने कार्यलाई प्रकृति र प्रविधिको तालमेल गरी कार्यान्वयन गर्न मन्त्रालयले अपिल गरेको छ ।

Last modified on 2018-11-19 10:57:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts