विज्ञानको त्यो अनौठो परीक्षण जसले मरेको कुकुर बाँच्यो, मान्छे बाँचेनन्



Download our app to get more features

एजेन्सी । यो विज्ञान र प्रविधिको युग हो । विज्ञानले पाएको बिभिन्न सफलताले आममानिसको दैनिक जीवन नै परिवर्तन गरिदिएको छ । वैज्ञानिकहरुले नयाँनयाँ खोज र अनुसन्धान गरिरहेका हुन्छन् । आज हामी वैज्ञानिकले गरेको त्यस्तै अचम्मको अनुसन्धानको चर्चा गर्दैछौं । वैज्ञानिकहरुले कयौं खोजहरु त्यस्ता पनि गरेका थिए जो सामाजिक सभ्यता र मानवीयताको हिसाबले अनुपयुक्त थियो । 

यस्तै एउटा अजीवको अनुसन्धान अमेरिकामा सन् १९३४ मा भएको थियो, जहाँ मरेको मानिसलाइ फेरी बचाउन सकिन्छ कि भनेर कोशिस गरियो । यसको नेतृत्व गरेका थिए डा. रोर्वट इ कोर्डनिसले । उनलाइ लाग्यो की यदि कुनै मृत शरीरमा रगतको प्रवाह फेरी चालु गर्न सकियो भने मान्छे ज्यूँदो हुन्छ किनभने जब मान्छे मर्छ रगतको प्रवाह रोकिन्छ । यदी रगतलाइ पुनः चालु गराउन सकियो भने बाँकी अङहरु पनी सुचारु हुन्छ भन्ने विश्वास उनमा थियो । यसका लागी उनले केही मरेका मान्छेहरुको लास ल्याए । र, उनले त्यो मृत शरीरमा एडिनलिन नामको केमिकलको इन्जेक्सन दिए जसले रगत पातलो बनाउँछ, ताकी शरीरमा फेरी सजिलै रगत बग्न सकोस् । त्यसपछी उनले लामो काठमा लासलाई राखेर तलमाथि हल्लाउन थाले ताकी शरिरमा फेरी सुरु रगत सुचारु होस । तर कुनैपनी मरेका मानिसहरु ज्युँदो हुन सकेनन् । यसरी कयौं कोशिस गर्दापनि उनले मरेका मानिसलाइ बचाउन सकेनन् ।

तर, डा. रोवर्टले हार खाएनन् उनले एकदिन यही परीक्षण कुकुरमा गर्ने निर्णय गरे । यसका लागी पनी उनले मरेका पाँचवटा कुकुरहरु ल्याए । अचम्म त यो भयो कि परीक्षण गरेका पाँच कुकुरमध्ये दुइवटा कुकुर बाँच्न पनि सफल भयो । यो परीक्षणबाट पाएको सफलतापछी उनले यस्ता परिक्षणलाई अझ बढाउने र मानिसमा फेरी सुरु गर्ने निस्कर्षमा पुगे तर, अमेरिकी सरकारले यस्तो अनुसन्धान र परीक्षणमा रोक लगाइदियो । किनभने कुनैपनी मरेको मान्छेमाथि यस्तो परिक्षण गर्नु र बचाउनु पनी मानव सभ्यता र प्राकृतिक सिद्धान्त विपरीत हो । 

रुसमा भयो अर्को परीक्षण
त्यसको केही वर्षपछी सन् १९४० मै यस्तै प्रयोग भयो रसियामा । जहाँ, वैज्ञानिकहरुले एउटा कुकुरको टाउकोलाइ ज्युँदो राख्ने कोसिस गरे । अमेरिकामा गरेको प्रयोग जसरी नै यस प्रयोगमा पनि एउटा कुकुरको टाउको (गर्दनबाट माथिको भाग ) लाई अलग गरियो र यसलाइ ज्युँदो राख्नको लागी नशामा शुद्द रगतको मेसिन (जसलाइ अटोजेक्टर भनिन्छ)  जडान गरियो र रगतको सप्लाई गरियो । रगतको प्रबाह पुनः सुरु हुने बित्तीकै कुकुरमा केही हलचल भयोजस्तो भयो । जस्तोकी आवाजले कान हल्लिनु र आँखामा तेजिलो टर्चलाइट बाल्दा आँखा झिम्क्याउनु र जिब्रोले नाक चाट्ने आदि । जसलाई वैज्ञानिक भाषामा ( रेस्पोन्स टु स्टीम्युला) भनिन्छ । पछि रसिया सरकारले पनी प्रयोगमा पनि रोक लगाइयो । 

यसबाट के पनि पुष्टि हुन्छ भने वैज्ञानिकहरु हरेकपल नयाँनयाँ खोजीमा लाग्ने गर्छन । र, त्यसबाट नै अहिलेका आविष्कारहरु भएका हुन् । 

Last modified on 2018-11-20 06:58:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts