उपसचिवले टेरेनन् स्वास्थ्य मन्त्रीलाई



Download our app to get more features

काठमाडौ, ३ मंसिर । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यका उपसचिवले नटेरेको पाईएको छ ।

मन्त्रालयका नीति योजना शाखाका उपसचिव लिलाराज पौडेलले स्वास्थ्य मन्त्री यादवको निर्णयलाई उलंघन गरेका छन् । नीति योजना शाखाले कुनै काम गर्न नसके पछि गत कात्तिक २६ गते जिम्मेवारी हेरफेर गरिएको थियो । पौडेल सहित चार जनाको जिम्मेवारी हेरफेर र एक जनालाई रमना दिइएको थियो । पौडेल बाहेक सबै उप सचिव आआफ्नो जिम्मेवारी सम्हाल्न गएका छन् । तर, पौडेलले उक्त शाखा छाड्न मानेका छ्रैनन  । 

विवादास्पद छबिकी तत्कालीन स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले सोही शाखामा काम गरिरहेका भक्त जोशीलाई हटाएर पौडेललाई जिम्मा लगाएकी थिईन । उनलाई त्यहा  मन्त्रीलाई थानै नदिई लगिएको थियो । 

शाखा छाड्न नमान्नु संकास्पद
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार सरुवा भएको एक हप्ता सम्म पनि शाखा छाड्न नखोज्नु आश्चर्य भएको बताए । पौडेल लामो समय सोही शाखामा बसेका छन् । उक्त शाखा मन्त्रालयको आर्थिक रुपमा निकै आकर्षक मानिन्छ । मन्त्रीको सचिवालयका अनुसार पौडेलले जिम्मेवारी सम्हाले पनि नीति योजनाको काम थप्प भएको छ । श्रम मन्त्रालयमा पौडेलको सरुवा भएको छ । उनको सरुवा भए पनि रमना लिएका छैनन । श्रम मन्त्रालयमा सरुवा भएपछि त्यो शाखामा उपसचिव भक्तराज जोशीलाई लगिएको छ । स्रोतका अनुसार उप सचिव पौडेल सरुवा रोक्न शक्ति केन्द्र धाईरहेका छन् । 
पुष्पा चौधरीका विश्वास पात्र मानिएका पौडेल सरकारले चौधरीलाई सरुवा गरेको विषयमा पनि असन्तुष्ट देखिएका छन् । सरुवा गर्नै नहुने अवस्थामा चौधरीको सरुवा भएकोमा पौडेल दुखि भएको स्रोतले जनाएको छ ।

Last modified on 2018-11-20 09:47:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts