सरुवा रोक्न मलाई मन्त्रालय परिसरमै घुस मागियो : डा. अधिकारी



Download our app to get more features

काठमाडौ, ४ मंसिर । सरकारले खटाएको ठाउँमा नजाने भन्दै वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन प्राडा ध्रुवराज अधिकारीले राजिनामा दिएका छन् । चाकडी र घुस दिन नसक्दा वीर अस्पतालबाहिर पठाएको आरोप लगाउँदै डा. अधिकारीले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । उनका अनुसार मन्त्रालयकै कर्मचारीले सरुवा रोक्न घुस रकम मागेका थिए । उनलाई मन्त्रालयले गण्डकी अञ्चल अस्पताल पोखरा खटाएको थियो ।

डा. अधिकारी अघिल्लो वर्ष मात्रै आठौं तहबाट नवौं तहमा बढुवा भएका थिए । वीर अस्पतालमा नवौं तह खालि नभएको भन्दै पदस्थापनका लागि मन्त्रालयले डा. अधिकारीलाई गण्डकी अञ्चल अस्पताल पोखरा खटाएको थियो । तर, डा. अधिकारी सरकारले खटाएको स्थानमा एक दिन पनि हाजीर नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका एक कर्मचारीका अनुसार डा. अधिकारी गण्डकी अञ्चल अस्पताल पोखरामा एक दिन पनि हाजिर भएका छैनन् ।

Last modified on 2018-11-21 08:30:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts