स्वास्थ्यका उपसचिव पौडेलले भने–मैले सरुवाको चिठी पाएकै छैन



Download our app to get more features

काठमाडौं, ५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव लिलाराज पौडेलले सरुवाको चिठ्ठी आफुले नपाएको बताएका छन् । एक साता अगाडि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार सचिवको सरुवा गरेको थियो । नीति योजना शाखामा कार्यरत उपसचिव पौडेलले आफु चिठी आएपछि मात्रै सरुवा भएको ठाउँमा जाने बताए । हाम्रो डक्टरमा संप्रेशित ‘उपसचिवले टेरेनन् स्वास्थ्यमन्त्रीलाई’ शिर्षकको समाचारप्रति खण्डन गर्दै पौडेलले भने, ‘मैले मन्त्रीको निर्णय नमानेको होइन । सरुवा भएको चिठी मेरो हातमा परेको छैन । चिठी आउनासाथ तोकेको ठाउँमा जानेछु ।’

समाचार प्रकाशित गर्नु पुर्व आफुलाई केही कुरा नसोधेको विषयमा भने उपसचिव पौडेलले दुखेसो गरे । पौडेल ०६२/६३ देखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रहेका छन् । स्वास्थ्यमन्त्रीसंग आफुले सरुवाको विषयमा स्पष्ट कुरा राखेको पनि पौडेलले बताए । उनका अनुसार मन्त्रीले सरुवामा पुनः विचार गर्ने आश्वासन दिएका छन् । उनले भने, ‘सामान्य प्रशासनको चिठी कुरेर बसेको छु । आफुले भनेको स्थानमा सरुवा भए एक हप्ताभित्र जानेछु ।’

Last modified on 2018-11-22 16:58:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts