डा. केसीले अघि सारे ३ बुँदे माग, पुष २ सम्मको अल्टिमेटम



Download our app to get more features

काठमाण्डौ, १० मंसिर । शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए पुष २ गतेदेखि अनशन थाल्ने चेतावनी दिएका छन् । समसामयिक विषयहरुमा समेत चासो देखाउँदै डा. केसीले पत्रकार सम्मेलन आयोजना गरी अर्को अनशनका लागि सरकारलाई समयसीमा दिएका हुन् । 

डा. केसीले गत साउन १० गते सरकारले आफुसँग गरेको सम्झौता अक्षरसः पालना गर्न सरकारलाई स्मरण गराएका छन् । उनले पुरानो सम्झौता अनुसार संसदमा पुगेको चिकित्सा शिक्षा विधेयक तत्काल पारित गर्न मुख्य माग गरेका छन् । त्यस्तै, गौरीबहादुर कार्कीको आयोगले दोषी देखाएकाहरु उपर तत्काल कार्वाही अघि नबढाएको आक्रोश व्यक्त गरेका छन् । उनले त्रिवि पदाधिकारीहरुको बर्खास्तीसँगै त्रिविले खोसेको आइओएमको अधिकार फिर्ताको मागलाई पनि निरन्तरता दिएका छन् । उनले सबै प्रदेशमा मेडिकल कलेज र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरु गराउन पनि माग गरेका छन् । 

त्यस्तै डा. केसीले यो पटक निर्मला बलात्कार हत्याप्रकरणलाई पनि आफ्नो मागमा समावेश गरेका छन् । उनले सो प्रकरणमा दोषी देखिएका माथि तत्काल अनुसन्धान र मुद्दा चलाउन माग गरेका छन् । उनले दोषी उम्काउने खेलमा कोही नलाग्न आग्रह गरेका छन् । 

डा. केसीले सरकारको निर्णयविरुद्ध अधिक शुल्क उठाएको काठमाण्डौ विश्वविद्यालयलाई तत्काल कार्वाही गर्न पनि माग गरेका छन् । 

Last modified on 2018-11-27 09:41:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts