प्रदेश २ मा कुपोषणको समस्या बढ्दो



Download our app to get more features

वीरगञ्ज, १८ मङ्सिर । पोषणयुक्त खानेकुरा अभावको कारण प्रदेश २ मा कुपोषणको समस्या बढ्दै गएको छ । बढ्दो कुपोषणलाई रोक्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पञ्चवर्षीय योजनाअन्तर्गत कुपोषण हटाउने कार्यक्रम अघि सारेको छ । 

कुपोषण हटाउने कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सङ्घीय सरकारले प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बहुक्षेत्रीय पोषण योजना प्रादेशिक एकाइ कार्यालय स्थापना गरी बढ्दो कुपोषण हटाउन चेतनामूलक कार्यक्रम अघि सारेको संयोजक हेमन्त झाले बताए ।  प्रदेश २ मा ३६ प्रतिशत बालबालिकामा कम तौल भएको देखिन्छ । त्यस्तै ३७ प्रतिशत बालबालिकामा पुड्कोपन, १४ दशमलब ४ प्रतिशतमा ख्याउटेपन देखिन्छ । जुन सङ्ख्या प्रदेश २ मा उच्च रहेको छ । 

गर्भवती महिला र बालबालिकामा पोषण तत्वको अभावको कारण मानसिक तथा शारीरिक विकासमा कमी आउनुजस्ता समस्या भयावह रहेको बताइएको छ । समुदायमा पोषण शिक्षाबारे जनचेतना फैलाउन नसक्नु, अति गरीब समुदायका बालबालिकाको उचित स्याहारसुसार नहुनु, पोषिलो खानाको अभावको कारण यो रोग लाग्ने गरेकाले यसको प्रचारप्रसार समुदायस्तरमा हुनुपर्नेमा संस्थाले जोड दिएको छ । 
प्रदेश २ मा बिसिजी सुईको अभावको कारण ५७ दशमलब ८ प्रतिशत महिलामा रक्तअल्पता देखिएको छ । प्रदेशमा खोप लगाउनेको सङ्ख्या ६५ प्रतिशत मात्र रहेको छ । प्रदेश २ मा देखिएको कुपोषणको भयावह समस्यालाई सामाधान गर्न सङ्घीय सरकार प्रदेश सरकारमार्फत यो कार्यक्रम ल्याएर देखिएको कुपोषणसम्बन्धी समस्या समाधान गर्न सक्रिय रही यो कार्यक्रमलाई ग्रामीणस्तरसम्म पु¥याउन थालेका छन् । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts