जोमसोम अस्पतालमा अब आफ्नै फार्मेसी 



Download our app to get more features

मुस्ताङ, १८ मंसिर ।  सदरमुकामस्थित जोमसोम अस्पतालले आफ्नै फार्मेसी (औषधि बिक्रीकक्ष) सञ्चालनमा ल्याएको छ । सरकारी अस्पतालले आफ्नै औषधि बिक्रीकक्ष सञ्चालन गर्नुपर्ने प्रावधान अनुसार मंगलबार सो फार्मेसी सञ्चालनमा आएको हो ।

अस्पतालको आफ्नै फार्मेसी नहुँदा बिरामीहरु निजी औषधि पसलबाट महङ्गोमा औषधि खरिद गर्न बाध्य थिए । उपचारका लागि आउने बिरामीलाई सहज र सुपथ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले बिक्रीकक्ष सञ्चालनमा ल्याएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए । ‘अब चौबिसै घण्टा औषधि बिक्रीकक्ष खुल्ला रहनेछ,’ उनले भने। सो बिक्रीकक्षको गण्डकी प्रदेश सभाका सदस्य चन्द्रमोहन गौचनले उद्घाटन गरेका हुन् ।

यसअघि मनाङ र मुस्ताङ जिल्ला अस्पतालमा औषधि बिक्रीकक्ष थिएन । मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई असुविधा हुने गरेको थियो ।
सरकारले निःशुल्क वितरण गर्ने बाहेकका औषधि तोकिएको मूल्यमै बिक्री गरिने जिल्ला अस्पतालका सिनियर अहेव कर्ण थकालीले बताए। औषधि बिक्रीकक्ष सञ्चालन गर्न गत वर्ष भवन निर्माण गरिएको हो ।
यस वर्ष औषधि खरिद गर्न चार लाख ९० हजार बजेट उपलब्ध भएको छ । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts