वरिष्ठताको आधारमा त्रिवि शिक्षण अस्पतालको निर्देशक नियुक्त गर्न  डा. केसीको माग



Download our app to get more features

काठमाडौं, १९ मंसिर । प्राडा गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको निर्देशक नियुक्ति निस्पक्ष रुपमा हुनुपर्ने माग गरेका छन् । डा. केसीका अनुसार अधिकतम कार्यकाल तीन वर्ष र वरिष्ठताको आधारमा अस्पतालको निर्देशक नियुक्त गर्नुपर्ने छ । निर्देशक नियुक्ति समितिले डा. प्रेमकृष्ण खड्का पहिलो, डा. वाईपी सिंह दोस्रो र डा. सुशिल सिल्पकारलाई निर्देशकको वर्गिकरणमा तेस्रो स्थानमा राखेको छ ।

सेवा अवधि सकिनै लागेको व्यक्तिलाई समितिले एक नम्बरमा सिफारिस गरेपछि डा. केसीले यस्तो माग गरेका हुन् । डा. खड्काको कार्यकाल सकिन १५ महिना मात्र बाँकी रहेको हुँदा डा. वाईपी सिंहलाई निर्देशक नियुक्त गर्न डा. केसी र उनका समर्थकले माग गरेका छन् । डा. सिंहको कार्यकाल ५ वर्ष बाँकी रहेको छ भने तेस्रो स्थानमा रहेका डा. सिल्पकारको ६ वर्ष कार्यकाल बाँकी छ ।

कार्यकाल सकिन लागेको व्यक्तिलाई निर्देशकमा नियुक्त गर्दा अस्पतालको विकास र अन्य काम प्रभावित हुने भएकाले कम्तिमा ३ वर्ष कार्यकाल बाँकी रहेको र वरिष्ठतमलाई निर्देशक नियुक्त गर्नुपर्ने डा. केसीको भनाई छ ।     

Last modified on 2018-12-06 09:03:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts