नेपाली सेनाद्वारा डोटीमा निःशुल्क स्वास्थ्य शिविर



Download our app to get more features

डोटी, २० मङ्सिर । नेपाली सेनाले डोटीको केआइसिंह गाउँपालिका–६ र ७ को सेलेनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले सो शिविर सञ्चालन गरेको गुरुबक्स गुल्मका गुल्मपति किशोर खड्काले बताए । 

श्रीनम्बर ५ फिए अस्पताल, गुरुबक्स गुल्म र केआइसिंह गाउँपालिका–६ र ७ को संयुक्त आयोजनामा उक्त सञ्चालित शिविरमा करीब ४०० जनाको निःशुल्क उपचार गरिएको थियो । सेनाले गाउँमै शिविर सञ्चालन गरेकामा खुशी लागेको स्थानीय जगतबहादुर बलायरले बताए ।उनले भने, ‘आँखा तथा अन्य रोग उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था थियो, सेनाको शिविरमार्फत गाउँमै सेवा पायौँ खुशी भएका छौँ ।’ 

शिविरमा नाक, कान, आँखा, घाँटीलगायत रोगको उपचार गरिएको सेनाका डाक्टर सुमन थापाले बताए । उनले भने, ‘निःशुल्क शिविर जिल्लाका अन्य ठाउँमा पनि गर्नेछौँ ।’ सो शिविरमा आएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । रासस

Last modified on 2018-12-06 15:03:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts