१७ कोठाको भवनमा सर्दै हटिया स्वास्थ्यचौकी



Download our app to get more features

बागलुङ, २० मङ्सिर । गलकोट नगरपालिका–३ हटिया बजारमा सवा दुई करोड लागतमा हटिया स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । स्थानीयलाई सर्व–सुलभ तरिकाले स्वस्थ्य सेवा पु¥याउने उदेश्यले शहरी विकास तथा भवन कार्यालयले सो भवन निर्माण गरेको हो । भवन निर्माणका लागि नयाँ बाटो जुम्ली निर्माण कम्पनीले ०७१ पुसमा जिम्मा लिएको थियो । 

भवनको पूर्वाधार निर्माण गरेर शहरी विकास तथा भवन कार्यालयमार्फत स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई हस्तान्तरणको तयारी भइरहेको नयाँ बाटो जुम्ली निर्माण सेवाका सञ्चालक कुमार खड्काले बताए । ‘हाल सेवा दिइरहेको स्वास्थ्य चौकी भवन निकै पुरानो र साघुँरो छ’ हटिया स्वास्थ्यचौकीका प्रमुख तथा वरिष्ठ स्वास्थ्य सहायक दिलु सुवेदीले भने, ‘बिरामीलाई भौतिक संरचनाको अभावमा एउटै कोठाबाट फरकफरक सेवा दिन बाध्य थियौँ नयाँ भवनम सरेपछि यस्तो समस्या हटेर जानेछ ।’ सुवेदीका अनुसार अन्य वडाका स्वास्थ्यचौकीमा भन्दा यहाँ बिरामीको चाप धेरै हुने गरेको छ । बर्थिङ सेन्टरका लागि छिमेकी वडा काँठेवास, दुदीलाभाटी तथा हरिचौरबाट समेत गर्भवती आउने गरेको हुँदा नयाँ भवनले सेवा प्रवाहमा निकै सहज पु¥याउने सुवेदीको भनाइ रहेको छ । 

नयाँ भवनमा १७ कोठा
भुकम्प प्रतिरोधी १७ कोठाको दुई तले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार, औषधि भण्डार कक्षको छुट्टाछुट्टै व्यवस्था गरिएको शहरी विकासका इञ्जिनीयर तेजेन्द्रप्रसाद शर्माले बताए । 
हटिया स्वास्थ्यचौकीबाट गलकोट नगरपालिका–३ हटियालगायत छिमेकी वडाका बासिन्दाले सेवा लिँदै आएका छन् । कार्यालयका अनुसार बुङ्गादोभान स्वास्थ्यचौकी पनि निर्माण सम्पन्न भई हस्तान्तरणको प्रक्रियामा रहेको छ । रासस
 

Last modified on 2018-12-06 16:26:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts