पुषभित्र स्वास्थ्यका सबै कर्मचारी समायोजन गरिसक्ने सरकारको तयारी



Download our app to get more features

काठमाडौं, २१ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी पुषभित्र सबै स्वास्थ्य संस्थामा कर्मचारी समायोजन भइसक्ने जनाएकोछ ।

कर्मचारी समायोजन अध्यादेश आएसँगै मन्त्रालयले कुन संस्थामा कति कर्मचारी अपुग छ भन्ने तथ्यांक संकलन गरेर कर्मचारी समायोजन गर्ने सरकारले तयारी सुरु गरेको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले हाम्रो डाक्टरसँग कुराकानी गर्दै जनताको मौलिक हक अन्र्तगत रहेको स्वास्थ्य सेवालाई सहज र गुणस्तरीय तरिकाले पुर्याउन तथ्यांक संकलन भइरहेको बताए ।

उनले भने, ‘मंसिर भित्र कर्मचारीको तथ्यांक संकलन गरेर आवश्यकता अनुसार कुन ठाउँमा कर्मचारी थप गर्ने र कुन ठाउँमा कर्मचारी बढि छ त्यसलाई समायोजन गर्ने गरी काम भइरहेको छ ।’

स्वास्थ्य संस्थामा कर्मचारी अभाव हुँदा कतिपय स्थानमा अझैं जनता स्वास्थ्य सेवाबाट बञ्चित हुनु परेको हुँदा पुष भित्र सबै संस्थामा कर्मचारी पठाइसक्ने उनको भनाई छ ।
 

Last modified on 2018-12-08 07:09:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts