फाकफोकथुममा निःशुल्क शल्यक्रियासहितको आँखा शिविर 


Download our app to get more features

इलाम, २१ मङ्सिर । फाकफोकथुम गाउँपालिकाको आमचोकमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर बिहीबार शुरू भएको छ । 

नेपाल नेत्रज्योति सङ्घ इलाम, फाकफोकथुम गाउँपालिका तथा आँखा अस्पताल विराटनगरको संयुक्त आयोजनामा शिविर राखिएको हो । शिविरको पहिलो दिनमै एक सय भन्दा बढीको आँखा परीक्षण गरिएको छ । 
१५ मङ्सिरदेखि फाकफोकथुमकै फूएतप्पा, लुम्दे, एकतप्पा र फाकफोकमा शुरु भएको शिविरमा करीब दुई हजार जनाको आँखाको निःशुल्क परीक्षण गरी औषधि वितरण गरिएको नेत्रज्योति सङ्घका सहसचिव प्रकाश भट्टराईले जानकारी दिए । तीन दिनसम्म सञ्चालन हुने शिविरमा करीब ६० जनाको शल्यक्रिया गरिने आयोजकले जनाएको छ । सो शिविरमा ५६ जना मोतिया विन्दुका बिरामी भेटिएको र उनीहरूको मोतिया विन्दुको शल्यक्रियाका लागि आमचोकमा शिविर राखिएको जनाइएको छ । 

vayoda

bp_ad


पहिलो दिनमै ११ जनाको शल्यक्रिया
शिविरको पहिलो दिन ११ जना भन्दा बढीको मोतिया विन्दुको सफल शल्यक्रिया गरिएको डा. हनी केसीले बताए । शिविरमा विराटनगर आँखा अस्पतालका डा केसीलगायत ११ जनाको चिकित्सकको टोलीले सेवा पु¥याइरहेको छ । शिविरमा मोतिविन्दुको शल्यक्रिया, विद्यार्थीलाई निःशुल्क चश्मा वितरण तथा औषधि वितरण गरिएको छ । 

नेपाल नेत्रज्योति सङ्घका उपाध्यक्ष तथा माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बितेको एक वर्षमा सङ्घले एक हजार जनाको मोतिया विन्दुको शल्यक्रिया गरेको बताए ।  सन् २०२० सम्ममा मोतिविन्दु र रतन्धो लागेको मानिसको सङ्ख्या न्यून बनाउने उद्देश्यले विभिन्न गाउँपालिकामा शल्यक्रियासहितको शिविर आयोजना गरिएको बताए । रासस

bnc samyog_advertisement bathrog

Leave a Comment


फेसबुकबाट तपाईको प्रतिक्रिया

BlueCross_Dec12 Related Posts norvic_hospital