डाक्टर लाइसेन्स परीक्षाः एमबीबीएसमा ५५, डेन्टलमा ६३ प्रतिशत फेल



Download our app to get more features

काठमाडौं, २३ मंसिर । नेपाल मेडिकल काउन्सिलले शनिवार लिएको एमबीबीएसको लाइसेन्स परिक्षामा ४४.५७ प्रतिशत चिकित्सक मात्र पास भएका छन ।

जम्मा १ हजार ३ सय ११ चिकित्सकले दिएको परिक्षामा ५ सय ९८ जना मात्र पास भए भने ५ जना अनुपस्थित रहे । बीडीएस तर्फको नतिजा झनै खराब रहेको छ । जसमा जम्मा १ सय ८६ जनाले परिक्षा दिएकोमा ६९ जना अर्थात ३७ प्रतिशत मात्र पास भएका छन ।

एमबीबीएस उतीर्ण गरेर छ महिना इन्टर्नसिप गरेपछी काउन्सिलको लाइसेन्स परिक्षा दिन पाइन्छ । लाइसेन्स परिक्षा पास भएपछि मात्र चिकित्सकहरुले स्वतन्त्र रुपमा बिरामी जाच्न पाउँछन ।

पछिल्लो समय लाइसेन्स परीक्षाको नतिजा खस्कदै गएकोमा नयाँ उत्पादित चिकित्सकहरुको गुणस्तर सम्बन्धमा बहस हुने गरेको छ ।

Last modified on 2018-12-09 14:07:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts