स्वास्थ्यमा पुनः आए प्रशासन तर्फका सचिव, के गर्ला चिकित्सक संघ ?



Download our app to get more features

काठमाडौं, २३ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा केदार बहादुर अधिकारी नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा नियुक्त गरेको हो । नियुक्तिको निर्णय औपचारिक रुपमा सार्वजानिक भने गरिएको छैन । यद्यपी अधिकारीले आफुले सरुवाको चिठी पाएको बताएका छन् । उनी प्रशासन तर्फका कर्मचारी हुन् ।

अधिकारी नियुक्तिसँगै पुनः सरकारले गैरस्वास्थ्य समुहबाट सचिव बनाएको छ । यसअघि तत्कालिन स्वास्थ्य मन्त्री खगराज अधिकारीले शान्तबहादुर श्रेष्ठलाई सचिव बनाएर प्रशासनका सचिव भित्र्याएका थिए । नवनियुक्ति सचिव अधिकारीले यसअघि पनि स्वास्थ्य मन्त्रालयमा सहसचिवका रुपमा काम गरिसकेका छन् ।

उनकै नेतृत्वमा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रम सुरु गराएको थियो । यद्यपी उनको कार्यकालमा बीमा सुरु हुन नसकेपछि उनको आलोचना पनि भएको थियो । यसअघि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेललाई निमित्त सचिवको जिम्मेवारी दिएको थियो ।

डा. पुष्पा चौधरीलाई सचिवबाट हटाएसँगै सुरु भएको स्वास्थ्य मन्त्रालयको प्रशासनिक अदलबदलका कारण मन्त्रालयका अधिकांश काम रोकिएको छ ।

यसअघि प्रशासन तर्फका शान्तबहादुर श्रेष्ठलाई सचिव बनाएसँगै स्वास्थ्य सेवा समुहका चिकित्सकलाई सचिव बनाउनुपर्ने भन्दै चिकित्सक संघ आन्दोलित भएको थियो । त्यसयता बढेको प्रशासन र स्वास्थ्य समुहका कर्मचारीको दुरी अझै भावनात्मक रुपमा कम हुन सकेको छैन ।

Last modified on 2018-12-11 07:22:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts