पुर्नस्थापित स्वास्थ्य कार्यालयमा एक चौथाइ मात्रै कर्मचारी रहने 



Download our app to get more features

काठमाडौं, २३ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुर्नस्थापना गर्न लागेको जिल्ला जनस्वास्थ्य एवं स्वास्थ्य कार्यालयले नयाँ संरचना अनुसार काम गर्ने भएको छ । १ साउनमा सरकारले खारेज गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालय नयाँ संगठनात्मक संरचना अनुसार काम गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले हाम्रो डक्टरसँगको कुराकानीमा पुर्नस्थापना हुन लागेको जिल्ला जनस्वास्थ्य कार्यालयमा पहिलेको भन्दा कम कर्मचारी हुने र ती कर्मचारीले पनि गाउँ नगरस्तरमा काम गर्ने बताए । उनले भने, ‘संघीय संरचना अनुसार अधिकांश काम गाउँ नगरस्तरमा गइसकेको हुनाले अब जिल्लामा कामको भार कम हुने हुँदा कार्यालयमा कर्मचारीको संख्या कम गरिनेछ । तर, जुन जिल्लामा स्वास्थ्य संस्थाको संख्या धेरै छ त्यहाँ भने १२ देखि १६ जनासम्म वा कम स्वास्थ्य संस्था भएको जिल्लामा ८ देखि १२ जना कर्मचारी मात्रै राखिने छ ।’ उनले थपे, ‘पहिले जिल्ला जनस्वास्थ्यमा ४० देखि ४५ जना कर्मचारी थिए भने अब त्यो संख्या कटौती गर्न थालिएको हो ।’

जिम्मेवारी थप, कर्मचारी कटौती
पुर्नस्थापना हुन लागेको जिल्ला जनस्वास्थ्य कार्यालयहरुलाई कामको जिम्मेवारी पनि थपिएको भन्दै उनले फेरि कायम हुन लागिएको कार्यालयहरुले स्वास्थ्य संस्थाहरुसँग समन्वय गर्ने, महामारी नियन्त्रण सम्बन्धी काम गर्ने, कुन क्षेत्रमा स्वास्थ्यको अवस्था के छ भन्ने तथ्यांक संकलन गर्ने, क्षमता अभिवृद्धि गर्ने लगायतका कामहरुपनि गर्ने जानकारी दिए ।

Last modified on 2018-12-11 07:21:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts