चिकित्सक संघको उधारो उर्दीः गैरचिकित्सक सचिव नियुक्तिको विरुद्द आन्दोलन गर्न तयार रहनू



Download our app to get more features

काठमाडौं, २४ मंसिर । चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासन सेवा समुहतर्फका सचिव नियुक्त भएसँगै आन्दोलनको चेतावनी दिएको छ । 

नयाँ स्वास्थ्य सचिव केदारबहादुर अधिकारीले पदभार ग्रहण गरेकै दिन सोमबार संघले विज्ञप्ति निकाल्दै आफ्ना सम्पूर्ण शाखा कार्यालयहरुलाई आन्दोलनका लागि तयारी अवस्थामा रहन अपिल गरेको हो । स्वास्थ्य सेवा ऐनमा वरिष्ठ स्वास्थ्यकर्मी स्वास्थ्यसचिव रहने व्यवस्था रहँदारहँदै सरकारले गैरस्वास्थ्यकर्मीलाई सचिव बनाएर सम्पूर्ण स्वास्थ्यकर्मीको भावनाको अपमान गरेको संघले ठहर गरेको छ । नेपाल चिकित्सक संघ र सरकारबीच २०७१ सालमा स्वास्थ्यकर्मी नै चिकित्सक बनाउने गरि भएको सहमति स्मरण गर्दै सोको पनि कार्यान्वयन नभएको भन्दै आपत्ति जनाएको छ ।

सचिव नियुक्तिको निर्णय विरुद्ध आन्दोलनमा जान शाखा कार्यालयहरुलाई अपिल गरेपनि संघले कहिलेदेखि कस्तो आन्दोलन गर्ने भन्ने चाहीँ खुलाइएको छैन । फाइल फोटो

Last modified on 2018-12-11 15:22:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts