उपभोक्ताका लागि जोखिमयुक्त ४८ प्रकारका औषधि बजारबाट हटाइयो



Download our app to get more features

काठमाडौ, २५ मंसिर । औषधि व्यवस्था विभागले बिभिन्न ४८ प्रकारका औषधिहरुलाई बजारबाट हटाएको छ ।

अनुगमनका क्रममा ती औषधिहरु स्वास्थ्यका लागि जोखिमयुक्त देखिए पछि बजारबाट हटाइएको हो । विभागको तेस्रो चौमासीक तथा वार्षिक प्रगति समिक्षा कार्यक्रममा विभागका महानिर्देशक नारायण प्रसाद ढकालले विभिन्न कम्पनीबाट उत्पादित ४८ प्रकारका औषधि उपभोक्ताका लागि जोखिमयुक्त रहेको पाएपछि बिक्रि वितरणमै रोक लगाएको बताए । अधिकाशं औषधिहरु आयुर्वेदीक रहेका छन् । निर्देशक ढकालले भने, आयुर्वेदीक चुर्णको माइक्रोबायोलोजिकल (सुक्ष्म जीवाणु सिमा) नभएका कारण बजारबाट फिर्ता पठाइएको हो । 

औषधि उत्पादनमा लापरबाही 
औषधि व्यवस्था विभागले बताए अनुसार उत्पादन भई बजारमा आएका ती औषधिहरुको सेवन गरे जनस्वास्थ्यमा ठुलो क्षति पुग्ने थियो । यी औषहिरुले समस्या समाधान हुने भन्दा नयाँ रोगहरु लगाउने थिए । नयाँ रोग लगाउने औषधि बजारमा आएपछि तत्काल फिर्ता पठाएको महानिर्देशक ढकालले बताए । ढकालले त्यस्ता औषधिहरु गभिरताका साथ परीक्षण भइरहेको उल्लेख गरे । विभागका अनुसार औषधि उत्पादनमा कम्पनीहरुले चरम लापरबाही गरेको पाइएको छ । आयुर्वेदीक औषधिहरुमा बढी समस्या देखिएको छ । 

अनुगमन गर्न दरबन्धी कमः काम प्रभावकारी 
देशभर २१ हजार फर्मेसी रहेका छन् । उक्त फार्मेसी अनुगमनका लागि जनशक्तिको चरम अभाव देखिएको छ । २१ हजार फार्मेसी अनुगमन गर्न २२ जना निरिक्षक रहेका छन् । यो सम्भवको विषय हैन । अनुगमन गर्ने कर्मचारीको संख्या आवश्यक मात्रामा नहुदा  त्यसको फाईदा उठाउँदै कम गुणस्तर र म्याद सकिएका औषधि बजारमा आउने गरेका छन । नेपालको एक मात्र औषधि व्यवस्था विभाग अन्तर्गत १ सय १५ जना कर्मचारी कार्यरत छन् । केन्द्रिय कार्यलयमा ४९ जना, राष्ट्रिय औषधि प्रयोगशालामा ४० जना, शाखा कार्यालयहरु मध्ये विराटनगरमा ९ जना, वीरगंजमा ९ जना र नेपालगंजमा ८ जना रहेका छन् । 

औषधि व्यवस्था विभाग विभागले नियमको उल्लघंन गरी विभिन्न गतिविधिमा संलग्न ११ फार्मेसीमाथि मुद्दा चलाएको छ । त्यसैगरी ३ सय २० पसललाई सचेत गराएको छ भने ५१ पसल बन्द गराएको छ । १२८ पसललाई निलम्बन गराएको छ ।

Last modified on 2018-12-12 07:09:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts