नियमित स्वास्थ्य परीक्षणपछि वालुवाटार फर्किए प्रधानमन्त्री ओली



Download our app to get more features

काठमाडौँ, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेर स्वास्थ्य परीक्षण गराएका छन् । यसअघि सोही सेन्टरमा उपचार गराएका प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले ६ सातापछि स्वास्थ्य परीक्षण गर्न आउन भनेको र सोही अनुसार उनी आज नियमित स्वास्थ्य परीक्षणमा पुगेका हुन् ।

स्वास्थ्य परीक्षणका क्रममा उनले इसिजि गराएको सेन्टरका निर्देशन प्राडा उत्तमकृष्ण श्रेष्ठले बताए ।  ‘कुनै समस्या भएर होइन, नियमित स्वास्थ्य परीक्षण अन्तरर्गत उहाँ इसिजि गर्न यहाँ आउनु भएको हो । प्राडा श्रेष्ठले भने ।  इसिजि गर्दा उनको स्वास्थ्यमा कुनै समस्या नदेखिएको डा. श्रेष्ठले बताए । स्वास्थ्य परीक्षण लगत्तै प्रधानमन्त्री ओली वालुवाटार  फर्किएका छन् । 

Last modified on 2018-12-12 16:28:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts