कान्तिपुर डेन्टल कलेजले मनायो ११औं वार्षिकोत्सव 



Download our app to get more features

काठमाडौं, १ पुस । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च सेन्टर १२औं वर्षमा प्रवेश गरेको छ । सो अस्पतालले आज ११औं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवका अवसरमा कलेजले कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले काठमाडांै विश्वविद्यालयको पहिलो र नेपालको पाँचौ डेन्टल कलेज हुन पाएकोमा खुशी व्यक्त गरे । यसैबीच कान्तिपुर कलेज तथा अस्पतालले हालसम्म ५५ भन्दा बढी जिल्लामा पुगेर दाँत तथा मुख स्वास्थ्य सम्बन्धी कार्यक्रम गरी सकेको जानकारी दिए । यस्तै कान्तिपुर अस्पतालले हालसम्म अस्पतालबाट नै करिब सात लाख जनाको दाँत तथा मुख सम्वन्धी समस्या समाधान गरेको जानकारी दिए । कान्तिपुर डेन्टल अस्पतालले दाँत तथा मुख स्वास्थ्यको क्षेत्रमा नयाँ नयाँ अनुसन्धान र नयाँ प्रयोग गर्दै आएको र परिर्वतित युग अनुरुप सुधार गर्दै आएको डा. श्रेष्ठले जानकारी दिए । 

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले दन्त स्वास्थ्यको क्षेत्रमा कान्तिपुर डेन्टल कलेज तथा अस्पतालको योगदान अतुलनिय रहेको बताए । उनले देशमा दन्त स्वास्थ्यको क्षेत्रमा आवश्यक जनशक्ति चाहिँदा यही कलेजको नाम आओस भन्दै शुभकामना दिए । विविध कठिनाइकाबीच पनि दन्त स्वास्थ्यको क्षेत्रमा भएको विकासको प्रंशसा गर्दै तिमल्सिनाले भने, ‘कान्तिपुर डेन्टल कलेजले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ ।’
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका पूर्व डिन डा. नरेन्द्रबहादुर राणा र काठमाडौं विश्वविद्यालयका पूर्व भिसि एवं संस्थापक उपकुलपति प्राडा शुरेसराज शर्मालाई विशेष सम्मान गरिएको थियो ।कलेजले बार्षिकोत्सवको अवसरमा हरेक बर्ष कलेज टप गर्ने विधार्थी, कर्मचारी डाक्टरलाई समेत सम्मान गरेको थियो । 


 

Last modified on 2018-12-17 17:06:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts