स्टार हस्पिटल र ज्योति विकास बैंकबीच सहकार्यको सम्झौता



Download our app to get more features

कठमाडौं, १ पुस । ललितपुरस्थित स्टार हस्पिटल र ज्योति बिकास  बैंकबीच सहकार्यको सम्झौता भएको छ । आज आयोजित कार्यक्रममा हस्पिटल र बैंकको प्रतिनिधिबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सम्झौता अनुसार स्टार हस्पिटलले ज्योति बिकास बैँकका ग्राहक तथा कर्मचारीहरुलाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्नेछ । छुट सुविधा प्राप्त गर्न सेवाग्राहीहरुले बैँकको प्रिभिलेज कार्ड, डेबिट कार्ड वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनु पर्नेछ । साथै अस्पतालले क्रिश्मस डे तथा अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आर्कषक छुट र फेस्टिभ हेल्थ प्याकेज सेवा संचालन गरिरहेको अस्पतालका व्यवस्थापक हरि ढकालले बताए । 

स्टार हस्पिटलको तर्फबाट अस्पतालका सिओओ डा. सन्देश जिसी र ज्योति विकास बैंकका तर्फबाट बैंकका डिपुटी जेनरल म्यानेजर शुसिल कुमार शर्माले हस्ताक्षर गरेका छन् । 
 

Last modified on 2018-12-16 17:00:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts